सप्तरी, कठौना । नेपाल कम्युनिष्ट पार्टीको सप्तरी जिल्ला संगठन समितिको आयोजनामा यही पौष १४ गते सम्पन्न भेलाले सप्तरी जिल्ला सम्मेलन तयारी समितिको गठन गरेको छ । पार्टीका सप्तरी जिल्लामा रहेका केन्द्रिय सदस्यहरु र परिषदका सदस्यहरु पदेन सदस्य रहने गरी गठन गरिएको १३ सदस्यीय जिल्ला समितिमा क. रामाकान्त चौधरी संयोजक र क. रामेश्वर प्रसाद चौधरी सह–संयोजक तथा क. गिरीजा कुमारी चौधरी, क. मुक्ति चौधरी, क.शशिकला चौधरी,क. आशाराम सरदार क. तुलसा मगर र अमृतलाल चौधरी रहनु भएको छ । त्यसैगरी केन्द्रिय समिति र परिषदका सदस्य कमरेडहरु केन्द्रिय नेता रामप्रसाद चाैधरी, सचिव चन्द्रदेब राम,केन्द्रय सदस्यहरू दु:खीलाल चौधरी,शंकर कुमार सदा, हिरालाल शदा, नन्दिनी देबी सदा, देबकी मगर तथा एस कडारी तथा राष्ट्रय परिषदका सदस्य द्वय मुन्सीलाल दास र अशाेक सदा रहनु भएको छ । तयारी समितिले संगठन बिस्तारको क्रममा सम्मलेन तयारी समितिमा आवश्यक अन्य सदस्य थप गर्न सक्ने र आगामी माघ महिनाभित्र जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय लिएको छ ।

यस क्रममा तयारी समितिले आगामी माघ १२ गते नेपाल कम्युनिष्ट आन्दाेलनका अग्रज योध्दा तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय नेता कमरेड एकदेब आलेको ५४औं स्मृति दिबस मनाउने समेत निर्णय लिएको छ ।