शनिबार, कार्तिक ८ गते २०८३

अर्थमन्त्री पौडेललाइ भेटी होटल स‌घले दियो अर्थतन्त्र बचाउन सुझाव

पौष १४, २०७९ बिहीबार
अर्थमन्त्री पौडेललाइ भेटी होटल स‌घले दियो अर्थतन्त्र बचाउन सुझाव


होटल संघ नेपालका अध्यक्ष सृजना राणाको नेतृत्वमा पदाधिकारी तथा सदस्यको टोलीले अर्थमन्त्री विष्णु  पौडेल समक्ष समग्र अर्थतन्त्रको वचाउ तथा होटल उद्योगको संरक्षणार्थ सुझाव प्रस्तुत गरेको छ ।  अध्यक्ष राणाले यसअघि मन्त्री  कार्यकालमा भएका सहयोगी निर्णयका लागि  कृतज्ञता  व्यक्त गर्दै गुमेका उपलब्धी पुनः प्राप्त हुनेमा अपेक्षा राखिन् ।  अध्यक्ष राणाले कोभिड–१९ बाट अतिप्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरु व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको सो अबसरमा उनले बताइन् ।

उक्त अवसरमा कोरोनाको प्रकोप पहिलेको अवस्थामै नभए तापनि यसका स्वरुपहरु फैलिरहेका र क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको र दैनिक रुपमा घाटामा संचालनमा रहेको हुँदा देशैभरका होटल व्यवसायीहरुले माग गरेका   समस्याहरु समाधानका लागि पनि  उनले माग गरिन् ।  संघले तत्कालका लागि तीन बुँदे सुझाव अर्थमन्त्री विष्णु पौडेल सामु पेस गरेको जनाएको छ । व्यवसायीले  आजको सबैभन्दा जटिल समस्या भनेको बैंकको बढ्दो ब्याजदर होटल जस्तो अति संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएको र व्यवसाय सञ्चालन गर्न तथा लगानी आकर्षण गर्न प्रतिकुल देखिएकोले यसलाई घटाएर व्यवसाय सञ्चालनमैत्री बनाउन माग गरेको छ ।

त्यसैगरी   होटल उद्योगले लिएको साँवाको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने बुझाउने  जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा अतिप्रभावित तथा पुनरुत्थानकै क्रममा रहेको होटल उद्योगले हालको अवस्थामा कुनै पनि हालतमा बैंकलाई साँवा र व्याज बुझाउन सक्षम नरहेको तर बैंकबाट सीमाभित्र साँवा ब्याज बुझाउन तीव्र ताकेता रहेकोले देशैभरका होटल व्यगवसायीहरु आन्दोलित रहेको हुँदा तोकिएको समयसीमा बढाई थप सहजिकरण  गर्न उनीहरुले माग गरेका छन् ।

अर्कोतर्फ  मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुन नसकेको पुनतालिकीकरण र पुनरकर्जा सुविधा अब आउने अर्धवार्षिक समीक्षामार्फत स्पष्ट खुलाउँदै सुविधा प्रदान गरी कार्यान्वयनको व्यवस्था गरिदिन उक्त अवसरमा अर्थमन्त्री पौडेल सामु उनीहरुले अपिल गरेका छन् । प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष विनायक शाह, महासचिव साजन शाक्य, कार्यसमिति सदस्यहरु गोपाल राना, युवराज श्रेष्ठ, रामकुमार पुरी, ठाकुर पोखरेल, सदस्यहरु शशिकान्त अग्रवाल, रानि बाङलगायत रहेका थिए ।