शनिबार, आश्विन १७ गते २०८३

मधेश प्रदेश स्तरीय संयुक्त किसान संघर्ष समिति गठन

पौष १३, २०७९ बुधबार
मधेश प्रदेश स्तरीय संयुक्त किसान संघर्ष समिति गठन

 

मधेश प्रदेश स्तरीय संयुक्त किसान संघर्ष समिति गठन भएको छ । नेपाली किसान र कृषिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका गम्भीर समस्यालाई लिएर संघर्षको तयारी गरिरहेका देशका ६ बाम घटकसम्वद्ध किसान संगठनहरुको सर्लाहीमा सम्पन्न  संयुक्त भेलाले एक २५ सदस्यीय  संघर्ष समिति गठन गरेको हो। 

हरिनारायण महतो संयोजक रहेको संघर्ष  समितिमा राजेन्द्र साह तेली, श्रवण कुमार लोचन, बिष्णुलाल सिंह, रामप्रसाद चौधरी, मोदनारायण महतो,प्रेम बराल, बतहु यादब,धर्मानन्द सुवेदी, राम नाथ, अक्षयकुमार मण्डल, अनबरी खातुन, रामकुमरी महतो,सोम कार्की, जीवन भट्टराई, रामप्रसाद अधिकारी, अमरदेब पासवान, पवन झा, रामचन्द्रसिंह कुशवाह,धनबहादुर मिरचन, हरिकिशोर महतो, रामबरण ठाकुर, अनुप चौधरी,थिनेश्वर मिश्र, रामबिनय रहेका छन्।   

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान संघ(अप्फा) अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी),अखिल  नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघ आवद्ध किसान संगठनहरुको यो संयुक्त समिति हो । ६ बाम किसान संगठनहरुले गएको साउन १४ गते नै प्रधानमन्त्री समक्ष ५९ बूँदे किसान र कृषि सम्बन्धि माग प्रस्तुत गरिसकेका छन् । अब पुनः प्रधानमन्त्रीलाई स्मरण पत्र दिनुका साथै सम्पूर्ण संघीय सांसद, प्रदेश मूख्य मन्त्रीहरु र सांसदहरु तथा प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकारलाई पनि जानकारी  गराएर किसान आन्दोलन अघि बढाइने जानकारी केन्द्रीय संघर्ष समितिका सदस्यहरुले बताएका छन् । 

भेलाको सहजिकरण अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का महासचिव नहेन्द्र खड्काले गरेका थिए भने अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बास्कोटा, अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष  भैरबराज रेग्मी, अखिल नेपाल किसान महसंघ (क्रान्तिकारी) अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका ईञ्चाज लोकनारायण सुवेदी, अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गा प्रसाद जैशी तथा अखिल नेपाल किसान यूनियनका अध्यक्ष रामदुलार महतोले भेलालाई सम्बोधन गर्दै सशक्त किसान आन्दोलनको अनिवार्य आवश्यकता र औचित्यमाथि प्रकाश पारेका थिए ।

अखिल नेपाल  किसान महासंका महासचिव प्रमेश पोखरेल स्वागत मन्तब्य राखेको कार्यक्रममा अन्य किसान नेताले पनि कृषक आन्दोलन बारे बोलेका थिए ।