शनिबार, आश्विन १७ गते २०८३

अर्थमन्त्रीले वार्तामा डाकेपछि व्यवसायीले गरे आन्दोलन स्थगित

पौष १२, २०७९ मंगलबार
अर्थमन्त्रीले वार्तामा डाकेपछि व्यवसायीले गरे आन्दोलन स्थगित

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले ब्याजदर घटाउन माग राखि आन्दोलन गरिरहेका व्यवसायीलाई वार्तामा डाकेका छन्। सोमबार सपथ गरेर कार्यभार सम्हाले लगत्तै पौडेलले मंगलबार व्यवसायीलाई डाकेका हुन्। मन्त्री पौडेलको आव्हानपछि मोरङका तीन मुख्य व्यावसायिक संस्थाले ब्याजवृद्धि विरूद्धको आन्दोलनलाई स्थगित गरेको जनाएका छन्। मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र सीएनआईको प्रदेश नम्बर १ समिति केहि दिन यतादेखि आन्दोलनरत थिए।

अर्थतन्त्र निक्कै कमजोर रहेको र त्यसलाई सुधार गर्नुपर्ने पौडेलले मन्त्री हुनुअघि नै एक कार्यक्रममा बताएका थिए। मन्त्री भएलगत्तै उनले व्यवसायीसँग वार्ताको पहल गरेका हुन्। ‘सरकार र राष्ट्र बैंकसित हाम्रो वार्ताको बटम लाइन एकल अंकको ब्याजदर हुनेछ,’ एक व्यवसायीले भने, ‘बैंकहरूले जथाभावी रूपमा असुल गरिरहेको नवीकरण शुल्क घटाउने पनि हाम्रो मुख्य माग हुनेछ।’ त्यस्तै स्प्रेडदर घटाउने तथा बैंकर र व्यवसायीलाई अलगअलग गर्नुपर्ने माग पनि जोडदार ढंगले उठाइने उनले जनाए।