प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यी मन्त्रीमण्डल गठन गरेका छन् । आज राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्रीसँगै अन्य ७ जना मन्त्रीलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् । एमालेबाट मन्त्री बनेका ज्वालाकुमारी साह,राजेन्द्र कुमार राई र दामोदर भण्डारीका साथै जनमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको छ ।