काठमाडौँ । राष्ट्रपति बिद्यादेबी भण्डारीले आज साँझ प्रधानमन्त्री पदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नियुक्त गरेकी छन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
यस अघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका थिए । राष्ट्रपति भवन शीतल निवास पुगेर प्रचण्डले सात दलका १६९ सांसदकाे हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । प्रधानमन्त्रीकाे सपथ ग्रहण पाैष ११ गते अपरान्ह ४ बजे हुने जनाइएकाे छ ।
