नेकपा एमालेको समर्थनपछि नेपाल कम्यनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को २ अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
सत्तारुढ गठबन्धनभित्र नेपाली काँग्रेस प्रधानमन्त्रीमा नस्वीकार्ने भएपछि प्रचण्डले दिउँसाे बालकोट गएर एमाले अध्यक्ष ओलीलाई भेटेका थिए । नयाँ समीकरण बनाउन बालकोटमा पुगेका रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीका प्रतिनिधिले पनि उनलाई समर्थन जनाउने निर्णय गरे।
सात राजनीतिक पार्टी र केही स्वतन्त्र सांसद सहित बनेको नयाँ गठबन्धसँग १७० जना सांसदको समर्थन रहेको छ । माओवादी अध्यक्ष प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दावी पेश गरेका थिए ।
नवनियुक्त प्रधानमन्त्री प्रचंडले सोमबार अपरान्ह ४ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिनेछन् ।