शनिबार, आश्विन १७ गते २०८३

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले देशद्रोहसहितका फौजदारी अभियोगहरू सामना गर्नुपर्ने

पौष ५, २०७९ मंगलबार
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले देशद्रोहसहितका फौजदारी अभियोगहरू सामना गर्नुपर्ने

काठमाडौं ।अमेरिकाको संसद रहेको क्यापिटल हिलमा झण्डै दुई वर्षअघि  भएको दङ्गाको छानबिन गरिरहेको अमेरिकी कङ्ग्रेसको एक समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले देशद्रोहसहितका फौजदारी अभियोगहरू सामना गर्नुपर्ने सिफारिस गरेको छ।

अमेरिकाकाे डेमोक्रेिटिक पार्टीकाे नेतृत्वको उक्त समितिले न्याय मन्त्रालयलाई ट्रम्पमाथि अभियोजनको सिफारिस गर्न सर्वसम्मत रूपले मतदान गरेको हो।

यसरी उक्त संसदीय समितिले ट्रम्पकी एकजना पूर्व सहयोगी होप हिक्सले ट्रम्पलाई उनको विरासतबारे दिएको चेतावनीको एउटा नयाँ क्लिप समेत सुनाएको छ। ट्रम्पका समर्थकहरूले सन् २०२१ को जनवरी ६ मा क्यापिटल हिलमा अबस्थित कङ्ग्रेसमा दङ्गा मच्चाउँदै जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने प्रक्रियामा अवरोध पुर्‍याएका थिए।

डाेनाल्ड ट्रम्पले आफूले कुनै गल्ती नगरेको एक विज्ञप्तिमार्फत् बताउँदै उक्त समितिलाई 'कङ्गारु कोर्ट' को आरोप लगाएका छन्। उनले याे  अनुसन्धान उनी आफूलाई पुनः राष्ट्रपति निर्वाचनमा भाग लिन रोक्ने प्रयास भएको बताएका छन्।

कस्ता अभियोग ?

उक्त दङ्गाबारे झण्डै १८ महिना अनुसन्धान गरेपछि तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सको उक्त समितिले सोमवारको आफ्नो अन्तिम बैठकमा ट्रम्पले चारवटा अभियोग सामना गर्नुपर्ने सिफारिस गरेको हो । 

(क)देशद्रोहका निम्ति दुरुत्साहन, सहायता, सहयोग गरेको

(ख)औपचारिक प्रक्रियामा अवरोध पुर्‍याएको

(ग)अमेरिकालाई घात गर्ने षड्यन्त्र गरेको

(घ)झुटो वक्तव्य बनाउने षड्यन्त्र गरेको

के यो मान्नै पर्ने बाध्यकारी कानुन हो ?

यसअघि नै पनि ट्रम्पलाई अभियोग लगाउने या नलगाउनेबारे विचार गरिरहेका न्याय मन्त्रालयका अभियोजनकर्ताहरूले संसदीय समितिको सिफारिसलाई मान्नु नै पर्छ भन्ने छैन भनेका छन् ।

समितिका कदमहरू धेरैजसो साङ्केतिक हुने भए तापनि त्यसका सभापतिले प्रस्तावित अभियोगहरूलाई न्यायका लागि मार्गदिशाू बताएका छन्।

न्याय मन्त्रालयका प्रवक्ताले उक्त सिफारिसबारे प्रतिक्रिया जनाउन अस्वीकार गरे।

सात जना डेमोक्रेट र दुई जना रिपब्लिकन सदस्य रहेको उक्त समितिले सोमवार आफ्नो प्रारम्भिक १६१ पृष्ठ लामो कार्यकारी सारांश सार्वजनिक गरेको छ।

साभार : बीबीसी