शनिबार, आश्विन १७ गते २०८३

सकीर्ण स्वार्थका निम्ति सत्ताको दुरुपयोग गर्ने शक्तिका बिरुद्ध संघर्षशील होऊ : नेपाल कम्युनिष्ट पार्टी

पौष ५, २०७९ मंगलबार
सकीर्ण स्वार्थका निम्ति सत्ताको दुरुपयोग गर्ने शक्तिका बिरुद्ध संघर्षशील होऊ : नेपाल कम्युनिष्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठकले मुलुकको राजनीति थप अस्थिरता, अन्यौल र अराजकतातिर धकेलिएको निष्कर्श निकालेको छ । सम्पन्न निर्बाचनको परिणमले जनता सत्ताधारी दलहरुसँग असन्तुष्ट रहेको र उनीहरुले कसैलाई पनि बहुमत नदिएको स्थितिले नेपाली जनता
 सत्तामा बसिसकेका कुनै दलहरुसँग पनि सन्तुष्ट नरहेको, पूर्ण बिश्वास गर्न र नयाँ दललमा तत्कालै पूर्ण भरोसा गर्ने आधार नरहेको जनभावना मुखरित भएको बैठककको निष्कर्श छ । 
बैठकले देशको सार्बभौमिकता, स्वाधीनता, जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रमा ठूलो खतरामा पर्दै गएको र पुरानै यथास्थितिमा मुलुक चल्न नसक्ने भएकाले  देश र जनताप्रति निष्ठाबान, समर्पित क्रान्तिकारी, लोकतान्त्रिक, देशभक्त शक्तिहरुले ठोस साझा कार्यक्रममा आधारित बिकल्प दिन नसकेमा मुलुक झन झन अधोगतितिर धकेलिने स्थिति बिकसित भइरहेको औंल्याएको छ । यस स्थितिमा नेपालको रक्षा र बिकास गर्न किसानका समस्या हल गर्न लाग्न सकेमा मात्र राििष्ट्रयता, जनतन्त्र र जनजीबिकाका समस्या पनि हल हुदै जाने, परनिर्भताबाट मुक्त हुने र मुलुकले सही दिशा लिने बाटो खुल्ने कुरा औंल्याएको छ  । 
बैठकले खर्चिलो र जनताले धान्न नसक्ने चुनावमा अनेक प्रतिकूलताका बाबजुद  सीमित क्षेत्रमा निर्वाचनमा खडा भएका सबै उम्मेद्वारहरुलाई धन्यबाद दिएको छ । पार्टी अध्यक्षकाे अध्यक्षतामा सम्पन्न बैठककाे पूर्ण पाठ यस प्रकार छ :

page 1.jpg

page 2.jpg