नेपाल राष्ट्र बैंकले ४ वर्षको अवधिका लागि ५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रकृया मार्फत ‘विकास ऋणपत्र २०८३ ज’ नामक विकास ऋणपत्र बिक्री गर्न लागेको हो । ऋणपत्रको आज बोलकबोल हुने र भोली बिक्री गरिने सूचनामा उलेख्य छ ।
ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुने छ भने ऋणपत्र बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्ने बैंकले जनाएको छ । ऋणपत्रको सावा भुक्तानी मिति २०८३ पुस ३ गते रहेको छ ।
ऋणपत्र घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबरको सीमामा खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।