शनिबार, आश्विन १७ गते २०८३

एनएमिब बैंक र फोन पे मिलेर मनकामना बजार डिजिटलाइज गर्ने

पौष ४, २०७९ सोमबार
एनएमिब बैंक र फोन पे मिलेर मनकामना बजार डिजिटलाइज गर्ने

एनएमबि बैंक र फोनपे मिलेर मनकामना बजार पुरै डिजिटल अभियान शुरू गरेका छन् । 

विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंक र फोनपे को सहकार्यमा मनकामना बजार पुरै डिजिटल  अभियान सुरु भएको हाे ।

क्यूआर मार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले सो अभियान सुरुवात गरेका हुन् ।

मनकामना मन्दिर परिसरमा पुजा सामग्री, फलफुल, रेस्टुरेन्ट लगायत अरु व्यवासय को भुक्तानी साथै मन्दिरमा भेटी दान समेत अब विद्युतीय माध्यमबाट नै गर्न सकिने भएको छ ।

बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।