शनिबार, आश्विन १७ गते २०८३

गरिमा विकाश बैंकको ‘फरेन इम्प्लोयमेन्ट आइपीओ अकाउण्ट’ शुरु 

पौष ४, २०७९ सोमबार
गरिमा विकाश बैंकको ‘फरेन इम्प्लोयमेन्ट आइपीओ अकाउण्ट’ शुरु 


गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहने नेपालीहरुलाई बैकिङ एवं शेयर मार्केट सम्म पहुँच पु¥याउने उद्देश्यले वैदेशिक रोजगार आइपीओ अकाउण्ट को सुरुवात गरेको छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक शेयर निष्कासन (आईपिओ) जारी गर्ने संस्थाले १०% शेयर वैदेशिक रोजगारमा रहनुहुने नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था अनुसार त्यसलाई आवश्यक पर्ने सिआस्वा सुविधा दिनका लागि यस विकास बैंकले विशेषतः यो खाता सञ्चालनमा ल्याएको हो ।

वैदेशिक रोजगारमा रहेका नेपाललीले बैंकको आधिकारीक वेबसाईटमा उपलब्ध अनलाईनमार्फत् खाता खोल्न सक्नेछन् । यो खाता खोली डिम्याट, सिआस्बा र मेरो शेयरको सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकहरुले पनि सजिलै यो खाता खोल्न सक्नेछन् ।

बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५१ एटिएम एवं डिजी बटुवा, डेविट÷क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ र अनलाईन खाता जस्ता विभिन्न डिजिटल बैकिङ सुविधाहरु मार्फत सरल, सुरक्षीत तथा गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।