शुक्रबार, कार्तिक ७ गते २०८३

अन्ततः बिश्वकप - २०२२ बिजेता बन्याे अर्जेण्टिना

पौष ४, २०७९ सोमबार
अन्ततः बिश्वकप - २०२२ बिजेता बन्याे अर्जेण्टिना

काठमाडौं । अन्ततः  अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै विश्वकप २०२२ को उपाधि जितेको छ । निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा परिणत भएको हो ।

 अर्जेन्टिनाका लागि टाइब्रेकरमा लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे । फ्रान्सका लागि केयलिन एमबाप्पे र कोलो मुनीले मात्र गोल गरे । किङ्सली कोमन र चोमेनीले भने गोल गर्न सकेनन् ।

याे बिश्व कप फूटबलकाे अन्तिम रोमाञ्चक खेलमा फ्रान्सले दुईपल्ट आफू पछाडि रहेको स्थिति उल्टाएको थियो । फ्रान्सका लागि एमबाप्पेले पेनाल्टीबाट १ सय १८ औं मिनेटमा तेस्रो गोल गरे र यो उनको ह्याट्रिक रह्यो ।

world-cup-final-4.webp

त्यसैको ठीक अगाडि मेसीले १ सय नवौं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३–२ को पुनः अग्रता दिलाएका थिए । फ्रान्सले दोस्रो हाफको अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेपछि फाइनल अतिरिक्त समयमा गएको थियो । पूरा ९० मिनेटको नाटकीय खेल समाप्त खेल २–२ को रोमाञ्चक बराबरीमा रहेको थियो ।

अर्जेन्टिनाका लागि लियोनल मेसीले २३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । त्यसपछि एन्जेल डि मारियाले ३६ औं मिनेटमा दोस्रो गोल थपेका थिए । फ्रान्सका लागि एमबाप्पेले ८० औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । त्यसलगत्तै ८१औं मिनेटमा एमबापेले दोस्रो गोल थपेका थिए । यसरी बिश्वकप २०२२ सम्पन्न भएकाे थियाे ।