राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन परिणामसहितको प्रतिवेदन प्राप्त भएकोले नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान गरेकी छिन् ।
कुनै पनि दलले स्पष्ट बहुमत नल्याएकाले बहुमत समर्थन सहित ७ दिन भित्र प्रधानमन्त्रीको दावी पेश गर्न भन्दै राष्ट्रपतिले आव्हान गरेकी हुन् ।
निर्वाचन परिणामसहितको प्रतिवेदन प्राप्त भएकोले संविधानको धारा ७६ को उपधारा ९१० बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत नदेखिएको अवस्थामा धारा ७६ को उपधारा ९२० बमोजिम राष्ट्रपतिबाट सरकार गठन प्रक्रियाका लागि आव्हान भएको हो ।
उक्त धाराअनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न दावी पेश गर्न सकिन्छ । त्यसका लागि अब पुस १० गते आइतबार अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न राष्ट्रपतिबाट आव्हान भएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।