शनिबार, आश्विन १७ गते २०८३

आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन परिणाम प्रतिवेदन

मंसिर २९, २०७९ बिहीबार
आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन परिणाम प्रतिवेदन

निर्वाचन आयोग नेपालले मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभाको परिणाम प्रतिवेदन आज सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आयोगले २०७९ मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको हो । 

राष्ट्रपति भण्डारीले नेपालको संविधान जारी भएपछि सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको दोस्रो निर्वाचन, २०७९ ले मुलुकमा शान्ति, स्थिरता, विकास, सुशासन र समृद्धिको मार्गप्रशस्त गर्ने आधार तयार गर्ने विश्वास सो अवसरमा व्यक्त गरिन्।

लोकतन्त्रको आधारस्तम्भका रूपमा निर्वाचन रहेको भन्दै निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल एवं सरोकारवाला सबैलाई उनले धन्यवाद दिइन् । 

प्रतिवेदन पेश गर्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको सारसंक्षेप प्रस्तुत गरेका थिए ।