शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकले पायो बेस्ट म्यानेज्ड कमर्शियल बैंक अवार्ड 

मंसिर २९, २०७९ बिहीबार
राष्ट्रिय वाणिज्य बैंकले पायो बेस्ट म्यानेज्ड कमर्शियल बैंक अवार्ड 


राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौंमा सम्पन्न भएको एशियन पेन्ट्स “न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस्” कार्यक्रममा ‘थर्ड बेस्ट म्यानेज्ड कमर्शियल बैंक अवार्ड’ प्राप्त गरेको छ । सो अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरेका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शम्शेर राणालाई व्यवसायिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप अवार्ड प्रदान गरिएको थियो ।

सन् २०१३ देखि न्यू बिजनेश एज प्रालिले व्यवसायिक संस्थाहरुको गरेको विभिन्न व्यवसायिक कार्य प्रगतिको आधारमा अवार्ड प्रदान गर्दै आइरहेको आयोजकले बताएको छ । कार्यक्रममा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।