वित्तीय प्रणालीमा तरलता अभाव देखिएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गरेकाे छ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको हो । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन १४ दिने रिपो जारी गरेको हो।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो पुस १४ गते परिपक्व हुने यो रिपो आज दिउँसो २ः१५ बजेभित्र बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० कराेड देखि अधिकतम सीमासम्म रिपाे खरिद गर्न पाउनेछन् ।
बैंकिङ प्रणालीमा तरलता अभाव भएका बेला अल्पकालीन अवधिको रिपो जारी गर्ने र तरलता बढी भएको बेला रिभर्स रिपो जस्ता वित्तीय उपकरण केन्द्रीय बैंकले प्रयोग गर्ने गरेको छ ।