शनिबार, आश्विन १७ गते २०८३

आइएमई पे को प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

मंसिर २८, २०७९ बुधबार
आइएमई पे को प्रमुख कार्यकारी अधिकृतमा रेग्मी
 
 
आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रेग्मी नियुक्त भएका छन् । काठमाडौं पानीपोखरीस्थित आइएमई कम्प्लेक्समा एक विशेष कार्यक्रममा अध्यक्ष एवम् ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरे ।
 
इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवम् बिजनेश एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव रहेको छ ।
 
पेमेन्ट सिस्टम, बैंकिङ्ग, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्ने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्वान्तिक एवम् प्रयोगात्मक दुवै तालिम प्राप्त गरिसकेका छन् ।