बाणिज्य बैंकहरुबीच पुस महिनामा पनि अहिले रहेकै व्याजदर कायम राख्ने सहमति गरेका छन् । नेपाल बैंकर्स एसोसिएसनले पुष महिनामा पनि मंसीर महिनाकै व्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो ।
व्यवसायीहरुले बैंकहरुको व्याजदर उच्च भएको भन्दै व्याजदर घटाउन माग गर्दै आएका छन्। व्यवसायीको विरोधलाई समेत ध्यानमा राख्दै बैंकहरुले पुस महिनामा व्याजदर नबढाउने सहमति गरेका हुन् ।
बैंकर्स संघले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको १२.१३३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपको १०.१३३ प्रतिशत र रेमिट्यान्समा १२.१३३ प्रतिशत कायम गरेका थिए । पुस महिनाका लागि पनि यहि व्याजदरले निरन्तरता पाउने सहमति भएको हो ।