मैले कमै प्रयोग गर्ने शव्द हो अन्दोलनको भ्रष्टिकरण । नेपालमा यसको अभ्यास अलि बाक्लै हुने गरेको छ । यो कसरी हुन्छ भन्ने धेरैलाई थाहा छ तर यो बिषयको शैद्धान्तिकरण बिरोध र नियन्त्रणको प्रयास कतै पनि भैरहेको छैन । बोल्नुस लेख्नुस आफन्तहरु ऐतिहासिक घटना प्रमाणिकरण सहित।
जनता जब नेतृत्वको मातहत रहदैन, आक्रोशित जनताले गर्ने तोडफोड स्वभाबिक हुन्छ,हामी यस्ता घटनालाई मास सेन्टिमेन्टको आधारमा मुल्यांकन गर्छौं, ठिक र बेठिक छुट्याउछौं त्यस्तै स्वाभाबिक र अस्वाभाबिक पनि हेर्छौं। अस्वाभाविक हुने कारणहरु को खोजी गर्छौँ र आन्दोलनमा त्रुटी न दोहरियोस भनेर सचेत हुन्छौँ सचेत गराउछौं।यो जन आन्दोलन को कुरा भयोे।
राजनैतिक आन्दोलन राजनैतिक परिवर्तन वा प्राप्तिको आन्दोलन हो । तात्कालिक वा दिर्घकालिन हित र प्राप्तिको घोषित लक्ष उद्येश्य सहित योजनाबद्ध ढंगले गरिने आन्दोलन राजनैतिक आन्दोलन हो । आन्दोलनको उठानकै समयमा स्वरुप आकार घनत्व सहयोगि तथा सहायक शक्तिहरुको बिबेचनात्मक अध्ययन र परिमार्जित योजना अन्तरगत यसको उच्चतम रुप ,लचकताका सीमा समेतको ख्याल गरिन्छ। नेपालमा यस्तो प्रायः हुँदैन र भैपरि आउने किसिमले ब्यहोर्दै आउने गरिन्छ।यसले आन्दोलनलाई भड्काउ उत्तेजना बिखराव पलायन आत्मसमर्पण र सुराकी सम्मका घटनाहरुमा फसाइदिन्छ। यो स्वभाबिक परिणाम नै हुन्छ अप्रत्यासित आश्चर्यजनक लाग्ने केहि घटना स्वभाबिक मान्नु पर्ने हुन्छ। सहयोगि वा सहकार्यमा रहेका शक्तिहरुको स्थिति आचरण आदिको पनि केहि त भूमिका हुन्छ नै ।नेतृत्वको पहिचान यस्तै समयमा हुने हो।
तर आर्थिक सामाजिक तथा राजनैतिक आन्दोलनमा भ्रष्टिकरणको मुद्दा भने बेग्लै हो । जय जी हुनुहुन्छ वहाँ बाट बढी आधिकारिक आउला ,२०४६तिर चलेको ब्याट्री कारखानाको मजदुर आन्दोलन शुद्ध आर्थिक र पेशागत अन्दोलनको रुपमा उठेको थियोे।ब्यवस्थापन बार्तामा थियो आंशिक उपलव्धि संभव बन्दै थिए। सुनियोजित ढंगले अन्दोलनको नेतृत्वमा बिबाद खडा गर्ने ,उद्दण्डता प्रदर्शन गर्ने र आन्दोलन भित्र फुट पैदा गराएर मजदुर हितमा सेंध लगाउने कामहरु सुरु भए । आन्दोलन लथालिङ्ग भयोे।क्षणिक रुपमा त कारखाना मालिकहरु फाइदामा देखिए।तर यसले ब्यवस्थापन र मजदुर नेतृत्वमा भ्रष्टिकरणको यस्तो स्थिति पैदा भयोे कि अन्ततः ब्याट्री कारखाना,रोजगारी,र राष्ट्रिय अर्थतन्त्रमा सबैतिर यसका नकारात्मक प्रभावहरु देखिए। किसान आन्दोलनमा त्रीखण्डी आन्दोलन र किसान संगठनको नाममा भूमि कब्जा र बितरणमा नेतृत्वको सजगता को कमीका कारण बास्तबिक मोही हरु बेदखलीमा परेका धेरै घटनाहरु छन। शान्ति प्रकृया अगाडि बढेपछि हामीले मोहीको प्राथमिकता र बितरित जग्गामा जोताहा को स्वामित्वको कुरा उठायौं। संगठनको केन्द्रिय सचिवालयले एजेण्डा पारित पनि गरेको हो।तर अन्दोलनको बिकासमा भन्दा कमिसन र प्लटिङमा जमिन्दारको रुची मा काम हुन थालेपछि कृषि भूमी मोही तथा भू-स्वामित्वको संघर्ष धराशायी भयोे।आज किसान आन्दोलन कतैपनि भूस्वमित्व उत्पादन र कृषि-श्रमसंग जोडिएको छैन।यसको परिणाम जमिन बाँझो रहने, खाद्यान्न आयात गर्ने तथा बेरोजगारीको बृद्धी जस्ता परिणती सहित किसान आन्दोलनमा भ्रष्टिकरणका प्रभावहरु देखा परिरहेका छन ।जमिन बाँझो छ र किसान संगठनहरु कौशी खेतीमा अनुदान माग्दैछन्।
यस्तै भ्रष्टिकरणका प्रभावहरु शिक्षक, बिद्यार्थी, बिश्व बिद्यालय,कर्मचारीतन्त्र सबैतिर ट्रेड युनियन आन्दोलनको भ्रष्टिकरणका प्रभावहरु सतहमा छन। अब बेला भैसकेको छ, अन्दोलनको भ्रष्टिकरणका कारकतत्व हरुको खोजी र निदान सहित सहि ढंगले ट्रेड युनियन आन्दोलनलाई ब्यवस्थित र मर्यादित बनाउन स्वयं आन्दोलनभित्रैबाट पहल गर्नुपर्ने कुरामा धेरै ढिलाई भैसकेको छ। तर यो मात्र ट्रेड युनियन वा जन र वर्गिय संगठन वा महासंघहरुको समस्या होइन,समस्या राजनैतिक नेतृत्वको पनि हो ।अर्थात राजनैतिक अन्दोलनको भ्रष्टिकरणको जगमा यो सबै नकारात्मकताको बिकाश भैरहेको छ।
हाम्रा बिश्वबिद्यालय प्राज्ञ र सोध अनुसन्धानमा लागेकाहरुको लागि पनि यो बिषयमा रुची र जाँगर चल्नुपर्ने भैसकेको छ । यो टिपोट ले थोरै पनि ध्यानाकर्षण गर्न सक्यो भने धेरै सकारात्मक लक्षणहरु देखिने बिश्वास छ । आजलाई यत्ति नै ।
(आन्दोलनमा भ्रसष्टिकरणका श्रोत र बैचारिक आधारहरु बारे अध्ययन हुनु आबश्यक छ । )
साभार : रेग्मीजीकाे मुहारपुस्तिका