(अकेल ताजक पेलेस्टाइनी पिपुल्स पार्टी एबं शान्ति आन्दोनलका पनि नेता हुन् । पेलेस्टाइनी ऐक्यबद्धता अन्तर्राष्टिय दिवसको सन्दर्भ २९ नोभेम्बरका दिन प्रकाशित उनको सामयिक र महत्वपूर्ण लेख यहाँ प्रस्तु छ )
-अकेल ताजक
समय अत्यन्तै कठिन छ । साम्राज्यबादी आक्रामकता अझ तीबरुपमा बढिरहेको छ । इजरायली नीति घोर दक्षिणपन्थी दिशामा लागिरहेको छ । अनि शान्ति प्रकृया अब जीवित रहेको छैन । परिदृष्य एकदमै राम्रो छैन । तर आशा अझै पनि कायम छ ।
अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव जिते पछिदेखि ६ बर्ष बितिसकेको छ र त्यसै बेलादेखि इजरायल तथा पेलेस्टाइनी अथोरिटी(प्राधिकार)का बीच सम्झौता बार्ताहरु बन्द भएका छन् । अमेरिकाले इजरायली कब्जाको समर्थनमा स्पष्ट दृष्टिकोण लिएको छ–उसले जेरुशलेमलाई इजरायलको राजधानीकोरुपमा मान्यता दिइसकेको छ र अमेरिकी दूतावासलाई त्यहाँ स्थानान्तरण गरिसकेको छ । फलत: अमेरिका रहेको पीएलओको कार्यालयलाई बन्दा गरिएको र संयुक्त राष्ट्रकाके ‘रिफ्यूजी वेलफेयर एशोसिएशन(यूएनआरडब्ल्यूए) या पीए(प्यालेस्टाइन अजोरिटी) का लागिको सहयोग पनि बन्द गरिदिएको छ । यसको अर्थ के हो भने अमेरिका अब खुलेरै प्यालेस्टाइनी जनताका बिरुद्ध आक्रमणको हिस्सा बनिसकेको छ । यसरी उसले स्वयं नै मध्यस्थताको भूमिका गुमाएको छ । तर यसकाके साथसाथै उसले सयुक्त राष्ट्र या अरु कुनै पक्षको भूमिकालाई पनि स्वीकार गरिरहेको छैन ।
अमेरिकाले पेलेस्टाइनी समस्याको कुनै समाधान नखोजिकनै कतिपय अरब देशहरुलाई पनि तथाकथित अब्राहम सम्झौतातर्फ इजरायलसँग सम्बन्ध सामान्य बनाउनका लागि बिवश तुल्याइदिएको छ, जबकि बेरुतमा अरब शीखर सम्मेलन तथा अरब इनिशिएटिभमा यस कुरामा सहमति बनेको थियो कि पेलेस्टाइनी समस्या समाधानको खोजी गरिनेछ ।
अर्कोतिर इजरायल पश्चिामी किनारमा पेलेस्टाइनीहरुमाथि हमलाको आफ्नो आक्रामक नीति जारी राखिरहेको छ र गाँजा क्षेत्रमा बमबर्षा गरिरहेको छ ।उसले पेलेस्टाइनी गाउँहरु तथा सम्पत्तीहरुमाथि सेटलर्सहरुको आक्रमणलाई सक्रियरुपले प्रोत्साहित गरिरहेको छ । उसले रंगभेदी पर्खाल खडा गर्ने आफ्नो परियोजनालाई जारी राखेको छ र पेलेस्टाइनीहरुलाई उनीहरुकै गाउहरुमा घेराबन्दी गरिरहेको छ ।
इजरायलले आफ्नो संसदमा तथाकथित ‘राष्ट्रिय कानुन’ पनि पारित गरिसकेको छ, जसले केकवल यहूदीहरुलाई मात्र आत्मनिर्णयको अधिकार दिन्छ र यसको अर्थ वास्तबमा के हो भने यो एउटा रंगभेदी कानुन हो । यसले पेलेस्टाइनीहरुसँग दोश्रो दर्जाको नागरिक जस्तो ब्यबहार गर्दछ । जेरुशलेमा पेलेस्टाइनीहरुमाथि यो दबाब दिइदैछ कि उनीहरु शहर छोडेर हिडुन् र उनीहरुको घर भत्काएर र उनीहरुको परिचय पत्र फिर्ता लिएर इजरायलका करीब २० लाख पेलेस्टाइनी नागरिकहरुलाई उनीहरुको ‘समान अधिकारहरु’बाट बञ्चित गरिन थालिएको छ ।

अमेरिका र उसका सहयोगीहरु इजरायलसँग मिलेर इरानलाई एउटा बाहिरी शक्ति तथा शान्तिाक लागि खतराकोरुपमा प्रस्तुत गरेर यस क्षेत्रमा नायकको भूमिका निर्वाह गर्ने कोशिश गरिरहेका छन् । सम्पूर्ण बिश्वलाई यो थाहा छ कि यस क्षेत्रमा एउटा इजरायल नै यस्तो देश हो जससँग नाभिकीय शस्त्रास्त्र छन् र बिश्व शान्तिाक लागि उही बास्तबिक खतरा हो । हामी यस कुराको कल्पना गर्न सक्तछौं कि अमेरिकी आक्रमकता जारी रहने र सीरियाली धरतीमा उसको कब्जा तथा इराक र लीबियामा उसकाके उपस्थिति अनि यस क्षेत्रमा दशौं अमेरिकी फौजी अखडा कायम रहेको बर्तमान अबस्थामा यस क्षेत्रमा र पूरै बिश्वमा समेत शान्तिका लागि खतरा निरन्तर जारी रहने छ ।
हामीले के पनि ध्यानमा राख्नै पर्दछ भने यी तमाम बितेका दशहरुको क्रममा अन्तर्राष्ट्रिय समुदाय, पेलेस्टाइनी समस्याको समाधान निकाल्नमा र अन्तर्राष्ट्रिय तथा मानबाबधिकार कानुनहरुको आदर गर्नका लागि इजरायललाई बाध्य पार्नका लागि असक्षम रहेको छ ।
हामी के मान्दछौं भने अन्तर्राष्ट्रिय समुदाय र खाशगरी संयुक्कत राष्ट्र संघलाई पश्चिम एशियाका सबै समस्याहरु हल गर्नका लागि अन्तर्राष्ट्रिय सम्मेलनको माध्यमबाट यो जिम्मेवारी बहन गर्नुै पर्दछ ।
यदि यस्तै स्थिति बनिरहन्छ र बिशेषगरी अब इजरायलमा नयाँ घोर दक्षिणपन्थी सरका आउनले र पेलेस्टाइनीहरुका बिरुद्ध हुने दैनिक नरसंहार(एक्लै यो बर्ष मात्रै इजरायलले २०० भन्दा बढी पेलेस्टाइनीहरुको हत्या गरिसकेको छ)का साथ यदि स्थिति यस्तै रहिरहन्छ र पश्चिम किनाराको भूमिको समामेलन तथा सेटलर निर्माण यसरी नै जारी रहन्छ भने त पेलेस्टाइनी राज्यकाक लागि कुनै ठाउँ बच्ने छैन ।यसको अर्थ के हो भने लामो समयसम्म पेलेस्टाइनी त्रासदी कायम रहिरहनेछ र बिश्व शान्तिका लागि खतरा निरन्तर कायम रहिरहने छ ।
हामी के मान्दछौं भने जबर्जस्ती कब्जालाई समाप्त गर्नु र ४ जून १९६७ को तय सीमाना भित्र एक स्वतन्त्र राज्यको स्थापना गर्नु–पूर्बी जेरुशलेम, जसको राजधानी हुेछ–पहिला कुनै पनि समयको तुलनाभन्दा बढी आवश्यक छ ।
(संयुक्त राष्ट्रको प्रस्ताव संख्या १९४ अनुसार) शरणार्थीहरुको फिर्ता हुने अधिकारका लागि पेलेस्टाइनीहरुको संघर्षको समर्थनमा र इजरायली जेलहरुमा सम्पूर्ण बन्दीहरुको रिहाइका लागि बिश्वभरीका मानिसहरु खडा हुुनु पर्दछ । पश्चिम एशियाको क्षेत्रमा र पूरै संसारमा दीर्घकालीन शान्तिकाक लागि दुइ महत्वपूर्ण कदम सुनिश्चित गरिनु पर्दछ, जुन यस प्रकार छन् :
१. पश्चिम एशियालाई नाभिकीय मुक्त् क्षेत्र बनाइनु पर्दछ र २. इजरायलले पेलेस्टाइनमा र सीरिया तथा लेबनानमा अन्य अरब जमिनमाथिको कब्जा अन्त्य गर्नु पर्दछ ।
हामीलाई थाहा छ कि यसका लागि पेलेस्टाइनीहरुको लामो समयसम्मको संघर्षको आवश्यकता पर्नेछ । यसका लागि ब्याप प्रयाश गर्नुपर्ने छ र शक्तिहरुको सन्तुलनमा परिबर्तन ल्याउनु पर्ने आवश्यकता पनि छ ।