
लोकनारायण सुबेदी
बिश्वमा ट्वीटर सञ्चार माध्यम एलन मस्कले किने यतादेखि हरेक दिन महान ‘ट्वीटर’को ‘महान तटस्थता’ पोल खुल्दै गएको छ । बिश्वास लाग्दैन भने ‘ट्वीटर’लाई लिएर चलिरहेको समकालीन बिबादलाई हेर्ने हो भने मस्कले ट्वीटरलाई किन्ने बित्तिकै देखि शुरु भयो ‘ट्वीटर’ किन्ने बित्तिकै मस्कले सबैभन्दा पहिला जान्न चाहे कि के ट्वीटरको पूर्वबर्ती समूहले ‘दक्षिणपन्थी’ सन्देशहरुलाई नियन्त्रण(सेन्सर) गर्ने गर्दथ्यो । एक जना अनुसन्धानकर्ताले आफ्नो एउटा अनुसन्धानबाट सिद्ध गरे कि त्यस्तै हुने गर्दथ्यो । ट्वीटरको रेखदेख गर्नेवालाहरुले ‘ट्वीटर’मा आउने गरेका सन्देश(म्यासेजहरु)लाई सेन्सर गर्ने गर्दथे ।
अब यसको सत्यता जति स्पष्ट हुँदै गइरहेको छ त्यति त्यति नै एलेन मस्कको बिरोध पनि बढिरहेको छ । पश्चिमको महान मिडियाको महान तटस्थताको पोल दिनानुदिन खुलिरहेको छ । अनि सामाजिक सञ्चारलाई लिएर फैलाइएको यो भ्रम पनि हट्दै गएको छ कि यो ‘स्वतन्त्र सञ्चार माध्यम’ हो । ट्वीटर भित्र आउदै गेका परिबर्तनलाई लिएर पश्चिमा सञ्चार माध्यमको एउटा ठूलो हिस्साले लगातार हमला गरिरहेको छ । त्यसले के भनिरहेको छ भने ट्वीटर अब गयो । मस्कले त्यसलाई लिन त लिए तर अब त्यसको त्यो हैसियत रहेन जुन पहिला थियो । मानिसहरुको बिश्वास त्यसबाट हट्दै गएको छ । मस्कले त्यसलाई लाख नयाँ बनाउने कोशिश गर्न चाहुन् तर ट्वीटर अब खतम भएरै छाड्छ भन्ने निष्कर्श एकथरीले निकालिरहेका छन् र कारण दिइरहेका छन् कि ‘जनताको एउटा ठूलो हिस्सा’बाट त्यसमाथिको बिश्वास उठिसकेको छ । त्यो ‘जनताको ठूलो हिस्सा’को अर्थ त्यसै ‘लेफ्ट तथा उदारताबादी जनता’ तथा ‘नेताहरु’सँग छ, जसले अहिलेसम्म ट्वीटरलाई आफ्नो मञ्च मान्दै आएका थिए र आफु बिरुद्धका प्रत्येक लाइनलाई लुकाउने र गायब पार्ने गरेका थिए ।
यो ट्वीटरका नयाँ मालिकले ट्वीटरलाई आफ्नै तरीकाले ‘सुधार्न’ शुरु पनि गरेका छन् । पहिला त उनले ‘ब्लूटिक’ (Blutick)लाई मनपरी किसिमले ‘एलिटिज्म’ (Elitism) गर्ने कुरालाई समाप्त गरिदिएका छन् र ब्लूटिक सुबिधालाई सबैका लागि उपलब्ध गरिदिए । अर्को कुरा उनले ट्वीटरलाई ‘लेफ्ट उदारताबादी’को जकडबन्दीबाट मुक्त गरिदिएका छन् । यस समकालिन ट्वीटर बिबादका अतिरिक्त फाइदा के पनि भएको छ भने सम्पूर्ण सामाजिक सञ्चार प्लेटफर्महरुको बिश्वसनीयता पनि प्रश्नहरुको घेरामा आइसकेका छन् । जस्तो किसिमले ट्वीटरले आफुलाई ‘स्वतन्त्रतापरस्त’ भनेर पनि एक पक्षको स्वतन्त्राताको पक्षधर जस्तो देखिने गर्दछ त्यसैगरी गूगल, फेसबुक,ह्वाटएप आदिका बारेमा पनि भन्न थालिएको छ कि तिनमा पनि एक प्रकारको बैचारिक पक्षधरताको काम हुने गर्दछ । धेरैजसो सञ्चार माध्यम बृत्तमा मान्ने के मान्ने गरिन्छ भने तिनमा एक किसिमको बिचारलाई प्रमुखतापूर्बक जान दिइन्छ जबकि अर्को प्रकारका बिचारहरुमाथि अंकूश लगाउने गरिन्छ ।
हुन पनि यी सोशल मिडिया(सामाजिक सञ्चार)का मञ्च या प्लेटफर्महरु मूलत: नीजी सवामित्वमा चल्ने गर्दछन्, यसर्थ तिनीहरुमाथि कसैको प्रत्यक्ष नियन्त्रण पनि हुने देखिदैन । तथापि, ती सामाजिक सञ्चार मञ्हरु आफ्नो प्राबिधिक तथा स्वाभावको कारण ‘ग्लोबल’ रहेकाछन् । त्यसैले प्राय: यिनले बिश्वभरीका राष्ट्र–राज्यहरु तथा राज्य सत्ताहरुको सीमालाई तोडेर या उल्लंघन गरेर या तिनको वारपार गएर काम गर्ने गर्दछन्। यसैकारण कतिपय बेलामा कस्तो प्रतीत हुन्छ भने ती राज्यहरुको सीमा–सत्ताहरुभन्दा माथि रहेर काम गर्ने गर्दछन् र यसकारण ती कुनै पनि ‘सार्बभौम राष्ट्र–राज्य’ या ‘राज्य–सत्ता’ र समाजहरुको स्वायत्ततामा सोझै हस्तक्षेप गरिरहेका देखिन्छन् । अनि आफ्नो माध्यमबाट बिश्वभरीका देशका जनताहरुलाई सोझै या प्रकारान्तले आफ्नो राजनैतिक, साँस्कृतिक तथा सूचनात्मक प्रस्ताहरु प्रस्तुत गर्दै रहन्छन्, तिनलाई सक्रिय तुल्याउदै रहन्छन् । यस सम्वन्धमा आफ्ना ‘टुलकिट’हरु दिदै दिदै गरेर तिनलाई राजनीतिक तथा साँस्कृतिकरुपले सक्रिय तुल्याइ रहन्छन् । अनि जो मानिस या समूह यस किसिमले सक्रिय हुन्छन् तिनलाई कानुनीरुपले बचाउने अभियान पनि चलाउने गर्दछन् । बिश्व जनमतलाई आफ्नो पक्षमा परिचालन गर्दछन् र आफुलाई राज्यसत्ताको तुलनामा जनतन्त्रको पहरेदार जस्तो बनाएर पेश गर्ने गर्दछन् । यस अतिरिक्त अझ अरु उदार जनतन्त्रको माग पनि गर्ने गरिरहन्छन् ।
यस्ता कृयाकलापका साथसाथै ‘ट्वीटर’ले टिभी, छापा सञ्चार माध्यम आदिलाई पनि प्रभाबित मात्र गरेको छैन, बिश्वको राजनीतिक भाषा र तौर तरीकालाई पनि गहिरो किसिमले प्रभावित तुल्याएको छ । सामाजिक सञ्जालले ‘सही’ र ‘गलत’(फेक)का बीच हुने फरकलाई पनि मेटाइदिएको छ र ‘लाइक्स–डिस्लाइक्स’को ‘शर्टकर्टबादी’ सतही सँस्कृति या ‘भाइरल कल्चर’ पैदा गरेर एउटा स्वतस्फूर्त उन्मादी बातावरण बनाएको छ जसले एउटा खाश किसिमको ‘एनजिओ ब्राण्ड अराजकता’ पैदा गर्ने गर्दछ । यद्यपि अहिले नै एलेन मस्क स्वामित्वको ‘ट्वीटर’ कुन कोल्टे फर्केला यो स्पष्ट भइरहेको छैन तर त्यसले आफ्नो अतिबादी स्वभावलाई छोडेन भने त्यो स्वयं मानिहरुको मनबाट बाहिरिने या उत्रिने छ भन्ने निष्कर्श निकालिदैछ ।