शनिबार, आश्विन १७ गते २०८३

राजश्वको कर्मचारी भन्दै दिनदहाडै व्यवसायीबाट रकम असुल्ने गिरोह पक्राउ

मंसिर २५, २०७९ आइतबार
राजश्वको कर्मचारी भन्दै दिनदहाडै व्यवसायीबाट रकम असुल्ने गिरोह पक्राउ

 

आन्तरिक राजस्व कार्यालयको युनिफर्म र परिचयपत्रसमेत लगाएर आफूलाई आन्तरिक राजस्वको कर्मचारी बताउँदै ठगी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। ठगी र कीर्ते जस्ता क्रियाकलापमा संलग्न भएको आरोपमा आठजनालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूलाइर्का ठमाडौंको नयाँ बसपार्क इलाका विभिन्न होटल तथा रेष्टुरेन्टमा राजस्व अनुगमनका लागि आएका हौं भनि कर छली गर्ने गरेकाले नगद जरिवाना तिर्नुपर्ने भन्दै आन्तरिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद दिई पैसा असुल गरिरहेको अवस्थामा प्रहरी वृत्त महाराजगञ्जबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिनबहादुर बिक, सृजना भट्टराई, सागरजंग लुहार, प्रमिशा तामाङ, दूधकला बिक, अञ्जना तामाङ, राजिब बिष्ट र डेबिड धामी छन् ।

पीडितहरुबाट संकलित प्राप्ति रसिद र मोबाइल पेबाट समेत गरी जम्मा पाँच लाख आठ हजार ६ सय ४० रुपैयाँ संकलन गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूबाट आन्तरिक राजस्व कार्यालय लेखेको स्टाम्प दुई थान, अनुगमन अधिकृत लेखिएको स्टाम्प एक थान, हस्ताक्षर भएको स्टाम्प एक थान, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलीहरु, राजस्वसम्बन्धी किताबहरु र आन्तिक राजस्व कार्यालयको परिचयपत्र सात थान बरामद गरेको  छ ।