शनिबार, आश्विन १७ गते २०८३

आइएमई बम्पर विजेता बने मेखलाल, पाए रू. १० लाख उपहार

मंसिर २२, २०७९ बिहीबार
आइएमई बम्पर विजेता बने मेखलाल, पाए रू. १० लाख उपहार

आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ्ग बनेका छन् । 

मलेसियाबाट आइएमई मार्फत रू. १४ हजार ५० रुपैयाँ पठाउनुभएका तामाङ्गले नगद रू. १० लाख उपहार स्वरुप प्राप्त गरेका हुन् । 

आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयूक्त रूपमा लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरेका हुन् ।

चाडपर्वको अवसर पारेर आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिमममा आधारित भएर आइएमईले  स्किम संचालनमा ल्याएको थियो ।