शनिबार, आश्विन १७ गते २०८३

प्रधानन्यायाधीश राणामाथिको महाअभियोग निष्प्रभावी, आजै सर्वोच्च जाने

मंसिर २१, २०७९ बुधबार
प्रधानन्यायाधीश राणामाथिको महाअभियोग निष्प्रभावी, आजै सर्वोच्च जाने

 

संसद सचिवालयले प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणा माथिको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको जनाएको छ ।  संसद सचिवलायले आज प्रधान न्यायाधिश राणामाथि  

महाअभियोग प्रस्ताव दर्ता भएको संसद नै अन्त्य भइसकेकोले अभियोग निष्प्रभावी भएको जानकारी पत्र राणालाई दिएको हो ।  

आफूविरूद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र आएकाले आफु  सर्वोच्च  अदालत जान लागेको राणाले जानकारी दिए।

सत्तारुढ दलका ९८ सांसदले २०७८ फागुन १ गते राणाविरूद्ध महाअभियोग दर्ता गराएका थिए। फागुन २२ गते प्रतिनिधिसभाले महाअभियोग छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो। फागुन २९ गते प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस भएको थियो। प्रस्ताव पेस भए पनि लामो समय सभामुख सापकोटाले छलफल रोकेर राखेका थिए। सरकारले निर्वाचन मिति घोषणा गरेपछि बल्ल सभामुख सापकोटाले महाअभियोगमाथि छलफल सुरू गराएका थिए।

राणाले २०७९ मंसिर २७ गते उमेर हदका कारण सर्वोच्च अदालतबाट अवकाश पाउँदै छन्।