शनिबार, आश्विन १७ गते २०८३

वस्तु आयातमाथिको प्रतिबन्ध फुकवा गर्ने सरकारको निर्णय

मंसिर २१, २०७९ बुधबार
वस्तु आयातमाथिको प्रतिबन्ध फुकवा गर्ने सरकारको निर्णय

 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न वस्तु आयातमा लगाइएका प्रतिबन्ध हटाउने निर्णय गरेको । मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागू हुनेगरी गाडी, मदिरा, मोबाइल र मोटरसाइकल आयातमा लगाइएके  प्रतिबन्ध हटाउने भएको हो ।

मन्त्रिपरिषद् बैठकले ४ प्रकारका विलासी वस्तु आयातमा कायम रहेको प्रतिबन्ध २९ मंसिर पछि नलम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको बताइएको छ ।

मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुनेछ । सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि वाणिज्य मन्त्रालयले गत २०७९ वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो ।

सरकारले प्रतिबन्ध थप परिस्कृत गर्दै ६ प्रकारका वस्तुहरुको प्रतिबन्ध हटाएर ५० हजार डलर भन्दा माथिका गाडी, ३ सय डलर भन्दा महँगो मोबाइल, सबै प्रकारका विदेशी मदिरा र १५० सीसी भन्दा माथिका मोटरसाइकल आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याइएको थियो । सरकारको निर्णयपछि अब १ पुस एकदेखि यी वस्तुहरु आयात गर्न पाइने छ ।

गाडी आयातमा प्रतिबन्धले गर्दा यस क्षेत्रको व्यवसाय नै धराशायी नेपाल अटोमोबाइल्स एशोसिएसन (नाडा)ले सरकारले आयात फुकुवा नगरे मंसिर २२ गते आन्दोलन गर्ने चेतावनी दिएको थियो । व्यवसायीको चेतावनीपछि सरकारले ती वस्तुको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।