–लोकनारायण सुबेदी
हाम्रो हिमालय पर्बत श्रृंखलाको वारपार र वरिपरीको क्षेत्रलाई बिश्वको एउटा प्रमुख भूकम्पीय क्षेत्र नै मानिन्छ । यो क्षेत्रमा ‘इण्डियन र तिब्बतीयन प्लेट’का बीच घर्षण रहेको भूगर्भबेत्ता र पर्बतीय अनुसन्धाताहरुले बषौंदेखि बताउँदै आएका छन् । त्यसैले यो क्षेत्र भूस्खलन र बाढीका लागि बहुतै संबेदनशील रहेको छ । यसर्थ, यो क्षेत्रमा कुनै पनि बेला ठूलो बिपत्ति आउन सक्ने खतरा मौजूद छ । हामीलाई यता पछिल्लो २०७२ आएको निकै ठूलो जन धनको क्षति गरेको भूकम्पले अहिलेसम्म पनि तर्साइरहेको छ भने भर्खरै ७ र १२ नोभेम्बरका भूकम्पका झड्काहरुले पनि हामीलाई संत्रस्त पार्न छोडेको छैन । बितेको तीन दशकभन्दा केही बढी समययताको मात्र कुरा गर्ने हो भने पनि नेपाल र छिमेकी भारतको उत्तराखण्डमा जे जति भूकम्पहरु आए तिनले हजारौ हजार मानिहरुको ज्यान लियो । अनि पर्बतीय क्षेत्रमा बाढी र पहिरोले पनि बर्बादी बढायो । यस हिसाबले भन्न सकिन्छ कि यो हिमालय क्षेत्र बिपत्तिको पावर हाउस बन्न गएको छ । यति हुँदा हुदै पनि यसबाट कुनै शिक्षा नलिएर हिमालयको क्षेत्रको बिकासको स्थिर मोडेलका बिषयमा एक कदम पनि अघि बढेको देखिदैन ।
हो, यो प्राकृति घटना बेला बेलामा आइरहन्छ भन्ने कुरा सर्ब बिदित नै छ । यो एक पटक आए पछि फेरि फेरि नआउने कुनै घटना प्रकृया पनि होइन । यसलाई बुझ्नका लागि ढालो ढलो परेको उच्च पर्बत श्रृंखला हिमालयको अध्ययन गर्नु र यसलाई जान्नु अत्यावश्यक छ । यसका दुइ ढाल अर्थात भिराला भित्ताहरु छन् उत्तरी र दक्षिणी । दक्षिणी ढलोमा नेपाल, भूटान र भारत पर्दछन् । मध्य हिमाल क्षेत्र दक्षिणी ढलोमा पर्दछ । यो हिमालयका तीनवटा पर्बत श्रृंखलाहरु छन् जसमा शिवालिक, साना हिमलाय र ठूला हिमाल पर्दछन् । यी क्षेत्रहरु भूकम्पका लागि अति संबेदनशील क्षेत्र हुन् ।

भारतको उत्तराखण्डमा १९९१ म आएको भूकम्प पछि बैज्ञानिहरुको एक सर्बेँक्षणले के पत्ता लगाएको कुरा प्रकाशमा आएको थियो भने यमुना नदीको उद्गमस्थल बाँदरपुछदेखि लिएर गंगोत्री, केदारनाथ, बदरीनाथदेखि पिथौरागढ तथा नेपालसम्मका पहाडी भूभागहरुमा दरार परेका छन् र ती दराहरु लगातार आउने गरेको भूकम्पबाट अझ फराकिलो बन्दै गएकाे बताइन्छ । के पनि यथार्थ हो कि बारम्बार भूकम्प आउँदा कतिपय त्यसरी चर्किएर या चिरिएर बनेका दरारहरु आपसमा टारिएर पुरिन पुग्दछन् भने कतिपय अझ चौडा बनेर जान्छन् । ती चौडा बनेकाक ठाउँमा बर्षाको बेला परेको पानी भरिएर ठाउँ ठाउँमा पहिरो र भूस्खलन हुने गरेका छन् । जसले गर्दा यो हिमालय क्षेत्रबासीहरु हरेक बर्ष आफ्नो जीविकाका लागि अत्याबश्यक सर सामानहरुको लगातार कमी या अभाव भइरहन्छ । उनीहरुले यसरी मानबीय त्रासदी बेहोर्नु परिरहेको हुन्छ । बाढी, भूकम्प, भूस्खलन जस्ता बिपत्तीलाई ध्यानमा राखेर भूगर्भ बैज्ञानिहरुले पूरै हिमालय क्षेत्रलाई जोन ४ र ५ मा राखेका छन् । यति हुँदा हुँदै पनि के चिन्ता गरिन्छ भने यस्ता संबेदनशील क्षेत्रहरु यस्ता अति संबेदशील क्षेत्रहरुमा कहिं पनि भूकम्पको सामना गर्न र बाढी नियन्त्रणका यस्ता कुनै उपायहरु गरिएका त्यहाँ हुने गरेका निर्माण कार्यहरुका बेला कतै पनि देख्न सुन्न पाइने गरेको छैन, जसबाट बिपत्तीको समयमा बच्ने उपाय गर्न सकियोस् ।
भूकम्पको खतार हिमालयमा यसकारण पनि बढी छ कि यो बाँकी भूभाग हिमालयलाई ५ सेण्टिमिटर प्रति बर्षका दरले बर्षको तीब्र गतिमा उत्तर तिर धकेलिने गर्दछ । यसको अर्थ हो कि यो हिमालय क्षेत्र अत्यन्तै गतिमान अबस्थाबाट गुज्रिरहेको छ र यसमा भौगर्भिक हलचल भइरहेको हुन्छ । यसकारण भूकम्पपछि भूस्खलन एउटा स्वभाबिक घटना बन्न जान्छ ।तर भूकम्पको निरन्तर बढ्दो तीब्रतालाई ध्यानमा नराखे यो सुन्दर हिमालय क्षेत्रको मनोरम सुन्दरता नराम्रासँग बिग्रन सक्तछ भनेर बिज्ञहरु औंल्याउँदछन् । किन पनि भने यो हिमाली क्षेत्रमा बन्ने गरेका प्राय सबैजसो भौतिक संरचनाहरु तिनै भूकम्पले बनाएका दरारहकै वरिपरी बन्ने बनाइने गरेको छ। यहाँको भूभागको सतहको झण्डै १५ किलोमिटर तल अनेकौं यता तत्वहरु सक्रिय रहेका छन् जसले भूकम्पको गतिशीलतालाई अझ बढाइदिन्छन् । हिमालयका स–सना र भिरालो भूबनौटलाई ध्यानमा नराखेर सुरुङ्ग आधारित कुनै परियोजनाहरुलाई भूभागको बेवास्ता गरेर जस्तो ठूल्ठूला फराकिला सडकहरु, धेरै तल्ले घरहरु, बनको ब्यवसायिक कटानबाट बाढी र पहिरोको खतरा अझ बढ्न गएको छ । यस्ता निर्माण कार्यहरु भूकम्पले दराल बनाएका क्षेहरुमा अझ बढी भएका र भइरहेका छन् । यस प्रकारका निर्माण कार्यहरु भूकम्पले दरार बनाएका क्षेत्रहरुमा बढी भएका या भइरहेका छन् । लामा लामा सुरुङ्गहरु बनाउनका लागि बिस्फोटहरुको उपयोग पनि गरिएको छ । नदी किनारहरुमा अधिकांश घर, होटेल र शहरहरु बनेका र बसेका छन् । यसले गर्दा बर्षाको समयमा नदीहरुमा आउने बाढी निकासको पर्याप्त स्थान नपाएर त्यस क्षेत्रको वरिपरी संहीता र नियम बिपरीत बेढंगले बनेका घरहरु बढी नोक्सानीमा पर्ने गरेका छन् । प्रष्ट छ यस्ता दरारहरुमा निर्माण कार्य गर्नु भनेको भूकम्पलाई निम्ता दिनु सरह हुन गएको छ । निर्माण गर्दा जल निकासको प्रबाहलाई त्यसैले रोक्ने कार्य गर्नु हुँदैन । निकास निश्चितरुमा राखेको हुनु पर्दछ ।

अन्य देशका साथै जापा र अष्ट्रेलियमा पनि ठाउँ ठाउँमा यस्ता भूकम्पका दरारहरु रहेका छन् । तर त्यहाँ सडक या यस्तै अन्य संरचना निर्माण गर्दा पानीको बहावको निकास गर्ने प्रबिधिको उपयोग गरिने कुरामा गम्भीरुपमा ध्यान दिने गरिन्छ । फलत: बर्षातको समयमा पानी रोकिदैन र सडकहरु अबरुद्ध नभएर स्थिर रहने गर्दछन् । तर हाम्रो यो हिमालय क्षेत्रमा भने यस्ता निर्माणका कार्यले गर्दा नै जल निकास अबरुद्ध भइरहेका छन् र समस्या निर्माण कार्यबाट शुरु हुन थालेका छन् । फलत: फोहोर महिला र पानी सडकमाथिबाट नै दौडिन थालेका हुन्छन् । यो सामान्य र चानेचुने कुरा होइन । हाम्रा जलबिद्यूत परियाजनाका कारणले पनि कतिपय क्षेत्रहरुमा हिमालयबाट बगरेर आउने नदीहरुको बहाव क्षेत्र प्रभावित हुने गरेको देखिदैन आएको छ । हुन पनि हाम्रो हिमालय क्षेत्र नै उदगम श्रोत भएका सबै क्षेत्रहरु भूकम्प प्रभावित क्षेत्रमै रहेका छन् । त्यसैले यसको नजिक जति पनि बिद्यूत, सिचाई लगायतका अन्य बिकास परियोजनाहरु निर्माण भएका या निर्माणाधीन छन् तिनका लागि साना ठूला सुरुङ्गहरु बनाइने गरेका छन् तिनले पनि भाबी दिनमा साना ठूला समस्याहरु पैदा हुने जानकार बिज्ञहरु बताइरहेका छन् । यो अन्तत: बिकासको बाटो नभएर बिनाशको बाटो बन्न जाने कुरा प्राय: निश्चित छ । हामीले बुझ्नै पर्दछ कि हिमालयको जलश्रोको श्रोत हाम्रो देश हुँदैनथ्यो भने हाम्रो र भारतको समेत आधा जनसंख्यालाई पिउने पानीकै डरलाग्दो समस्या खडा हुन जाने थियो । त्यसलै आज हामीले नेपालमा बिश्वको सबैभन्दा अग्लो हिमालय पर्बत राज छ भनेर नाक फुलाउने र यसको पहिमा मण्डन गर्नेभन्दा पनि हिमालयमा भूकम्पका कारण उत्पन्न हुने गम्भीर स्थतिबाट कसरी जोगिने, हिमालय क्षेत्रकाके भौगोलिक र पर्याबरणीय स्थितिलाई जोगउाने र बिकास परियोजनाहरुलाई तत्कालीन र दीर्घकालीनरुपमा प्रकृति मैत्री तुल्याउने भन्ने कुरामा निरन्तर ध्यान केन्द्रित गर्नु अत्यावश्यक छ । अन्यथा हिमालयको बिग्रदो स्वास्थ्यले मानिस र प्रकृतिमाथि पनि गम्भीर र भयावह नकारात्मक हसर पार्ने कुरा निश्चित छ ।