शनिबार, आश्विन १७ गते २०८३

गरिमा विकासको बटुवा एपमा नेपाल पे क्युआर सेवा

मंसिर १६, २०७९ शुक्रबार
गरिमा विकासको बटुवा एपमा नेपाल पे क्युआर सेवा


गरिमा विकास बैंकको मोबाईल बैकिङ्ग एप ‘बटुवा’ बाट अब नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ ।

बैंकका ग्राहकहरुले बटुवा एपको प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपाल पे क्युआर सजिलै भुक्तानी गर्न सक्ने भएका हुन् । साथै बैंकले नेपाल पे क्युआरमा विभिन्न मर्चेन्टहरु आवद्ध गराउने काम समेत शुरु गरेको छ ।  

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्युआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपाल पे  क्युआर सञ्चालनमा आएको हो । यस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै स्कीमको रुपमा र मर्चेन्ट वा अन्य क्युआर स्किमसँग अन्तरआवद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।

यसरी गरिमा विकास बैंकको मोबाईल बैङ्गिकमा नेपालपे क्युआर जोडिँदा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप बृद्धि हुने अपेक्षा बैंकको छ । 
गरिमा विकास बैंकले नेपालभरी १२१ वटा शाखा कार्यालयहरु र ५१ एटिएममार्फत सेवा प्रदान गरिरहेको छ।