अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रका अधिकांश सुचकांक सकारात्मक रहेको दाबी गरे ।‘ नेपालको आर्थिक अवस्था फरक छ। अर्थतन्त्रको चरित्र फरक छ। हाम्रो अर्थतन्त्र एकैपटक माथि जाने र एकैपटक तल झर्ने हुँदैन,’ उनले भने,अर्थतन्त्रमा कहाँ समस्या छ ?
उनले विगतमा समेत नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भन्नेलाई समेत जवाफ दिएको स्मरण गर्दै शोधनान्तर बचतमा गएर ८ महिनाको वस्तु तथा सेवा धान्ने विदेशी संचिति रहेको बताए।
अर्थमन्त्री शर्माले निर्वाचनका समयमा खुला सीमा कारण राजस्व असुली कम भएको बताउँदै त्यसलाई प्रशासनिक हिसाबले समाधान गर्न सकिने बताए। निर्वाचनका कारण विकास निर्माणले तीब्रता नपाएको बताउँदै उनले अब त्यसलाई अगाडि बढाउने प्रतिवद्धता जनाए।