काठमाण्डौ । सुकुम्बासीका समस्यालाई समाधानहीन राखेर त्यो समस्यालाई सत्ताको भर्याङ्ग चढ्ने आधार मात्रै बनाउदै आएका सत्तामा रहे बसेका दलहरुका कारण यो समस्या जटील बन्दै गएको र उग्ररुप लिने गरेको चार सिान संगठनले एक संयुक्त बक्तब्य मार्फत जनाएका छन् । मंसीर १३ साँझ निकालेको संयुक्त ब्यक्तब्यमा अखिल नेपाल किसान महांघ(अप्फा),अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)अध्यक्ष सीताराम तामाङ्ग, अखिल नेपाल किसान यूनियन इञ्चार्ज लोकनारायण सुबेदी र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसीले दस्तखत गरेका छन् ।

बक्तब्बयमा सही सुकुम्बासीको पहिचान गरी यसको न्यायोचित समाधान खोज्नु राज्यको आधारभूत दायित्व हो भन्दै दमनले समस्या समाधान हुँदैन भन्ने कुरा बक्तबले प्रष्ट पारेको छ । बागमती किनारामा सुकुम्बासीको नाममा रहँदै बस्दै आएका मानिहरु र काठमाण्डौ महानगरपालिका बीच झडप भए पछि को सन्दर्भमा आएको बक्तब्यमा बैकल्पिक ब्यवस्था गरेर सुकुम्बासी समस्या तत्काकल समाधान गर्न जोडदार माग गरिएको छ । बक्तब्यकाे पूर्ण पाठ यस प्रकार छ :
