
लोकनारायण सुबेदी
गएको १५ नोभेम्बरका दिन फिलीपिन्सको तोंदों (मनीला)मा जन्मिएकी एक बालिकाकासाथै बिश्व जनसंख्या ८ अर्ब (८ बिलियन) को चरणमा प्रबेश गरेको बताइएको थियो । तर यो बढ्दो जनसंखया पनि बिश्वमा असमान्यरुपमा बितरित रहेको छ । एकातिर जहाँ एशियाली महाद्विपमा विश्वकाे आधा जनसंख्याले निवास गर्दछ । चीन र भारतमा मात्रै २ अर्ब ८० करोडकाे आवादी रहेको छ । त्यहीं अर्कोतिर अस्ट्रेलिया, दक्षिण अमेरिका, उत्तरी अमेरिका र यूरोपको जनसंख्या तुलनात्मक रुपमा धेरै कम छ ।
यूरोस्टेटको एउटा तथ्यांकका अनुसार १ जनवरी २०२२ का दिन यूरोपेली संघका २७ देशहरुको कूल जनसंख्या ४४६.८ मिलियन रहेको उल्लेख गरिएको छ । कोरोना महामारी फैलिए पछिदेखिको बितेकाक दुइ बर्षमा यूरोपको जनसंख्यामा निकै गिरावट आएको बताइन्छ । जसबाट जन्मदर कम हुनुका कारणले यो जनसंख्या कम हुने स्थिति आउदा दिनहरुमा पनि जारी रहने अनुमान गरिँदैछ । संयुक्त राष्ट्र संघका अनुसार यूरोपको जनसंख्या आगामी सन् २१०० सम्ममा केवल ३६५ मिलियन रहन पुग्ने अनुमान गरिएको छ । पूर्बी यूरोप र मध्य यूरोपकाक देशहरु जस्तै लिथुआनिया, लताभिया, बुल्गेरिया, क्रोशिया, रोमानिया, पोल्याण्ड र हंगेरीको जनसंख्या पनि कम जन्म दर तथा अन्य यूरोपेली देशतर्फ प्रबासनका करणल जनसंख्या तीब्ररुपमा घटिरहेको छ । अनि पश्चिम यूरोप र अन्य यूरोपेली देशहरुमा पनि जन्म दर कम हुन गएका कारणले जनसंख्या निकै तीब्र गतिमा घट्ने अवस्था देखिएको छ ।
हुन त विश्वमा कम जनसंख्या हुनु एउटा राम्रो कुरा मानिने गरिन्छ । तर जब जन्म दर कम हुनाका कारण जनसंख्या कम हुन थाल्दछ त्यो कुरा धेरै नै चूनौतिपूर्ण हुने गर्दछ, जस्तो आज यूरोपेली देशहरुमा भइरहेको छ र आउँदा दिनहरुमा अझ बढी तीब्र गतिमा हुने देखिदैछ । जब कुनै देश या क्षेत्रमा कम जन्म दरका कारणले जनसंख्यमा कमी आउन थाल्दछ त्यतिबेला त्यहाँ आश्रित जनसंख्या मूलत: बुढापाकाहरुको जनसंख्या(बच्चाको जनसंख्यालाई छाडेर) कार्यरत जनसंख्याको तुलनामा बढ्न लाग्दछ । यस स्थितिमा अर्थब्यवस्था सञ्चालन गर्नु एउटा कठिन बिषय हुन थाल्छ । किनभने कामगर्ने मानिस बुढाबुढीको तुलनामा कम हुन थाल्दछन् । त्यसमाथि बृद्ध–बृद्धाको जनसंख्या बढी हुन जाँदा उनीहरुको स्वास्थ्य सेवता र निबृत्तिभरणमा पनि निकै नै धेरै खर्च बढ्न जान्छ । अनि यस्तो प्रकारले ती देशहरुको ‘कल्याणकारी प्रणाली(वेलफेयर सिस्टम)मा अतिरिक्त बोझ बढ्न जान्छ ।
काम गर्ने कार्यरत जनसंख्या कम हुनजाने यस्तो अबसथमा सरकारहरुका सामुमा मूख्यत: दुइटै बाटो मात्र रहेका हुन्छन् – या त उसले जन्म दर बढाउनु पर्ने हुन्छ र त्यस प्रकारको नीति र प्रयास हुुन पर्दछ या आफ्नो बाटो आप्रासीहरुका लागि खुल्ला गर्नु पर्ने हुन्छ । त्यसमा पनि बिज्ञहरु भन्दैछन् कि यूरोपमा जन्म दर बढाउने प्रयास खाशै प्रभावकारी हुनसकेनन् । त्यसैले यूरोपेली देशहरु आजभोली आफ्नो देशमा आप्रबासीहरुको लागि ढोकाक खोलिरहेका छन् । यूरोपेली कमिशनको एउटा पछिल्लो तथ्यांक अनुसार १ जनवरी २०२१ म यूरोपेली संघमा आप्रबासीहरुको जनसंख्या बढ्नजानुका कारण त्यो संख्या २३.८ मिलियनसम्म पुगिसकेको थियो । तर यसरी आप्रबासीहरुको संख्या बढ्नुका कारणले ‘यूरोपेली समाज’ धेरै समस्याहरु सामुमा आइरहेका छन् । पहिलो कुारा त यूरोपका धेरै नै यस्ता इलाकाहरु छन् जसमा तुलनात्मक हिसाबले स्थानीय जनसंख्या आप्रबासीको जनसंख्याभन्दा कम भइसकेको छ । दोश्रो कुरा, आप्रबासीहरु आउनाले तिनलाई भोजन, आवास, रोजगारी, चिकित्सा, शिक्षा आदि प्रदान गर्नु पनि एउटा अर्को चूनौति खडा हुन पुगेको छ । यद्यपि यस दिशामा ‘यूरोपियन अथोरिटी’ले काम गरिरहेको छ । तर पनि त्यो अपर्याप्त साबित भइरहेको छ । तेश्रो कुरा, सबैभन्दा ठूलो चूनौति त ती प्रबासीहरुलाई यूरोपेली समाजको सँस्कृति, सामाजिक, राजनैति ताथ अािर्थक परिबेशको हिसाले ढाल्न कठिनाई बढिरहेको छ । यसका लागि यूरोपेली देशहरुले धेरै कदमहरु पनि उठाएका छन् । जस्तै आप्रबासीहरुका लागि ‘क्रेश कोर्स’ बिकसित गर्नु, जसमा त्यस देशको भाषा, मूल्य मान्यता र समाजको बारेमा जानकारी दिइने गरिन्छ । त्यसगरी आप्रबासहीहरुको कौशल बिकास आदि कुराहरु पनि छन् । चौथो कुरा, आप्रबासीहरु आउनाले यूरोपेली समाजमा तिनका बिरुद्ध भेदभाव र घृणा पनि बढेको छ । जसको परिणा हो कि धार्मिक समूहहरु जस्तो कि मुस्लिम र इसाई, यहूदी र मुस्लिम आदमा झडप हुने गरेका मामिलाहरु निकै देखिन र बढ्न थालेका छन् ।पाँचौं कुरा, आप्रबासीहरुको संख्या बढ्नाले यूरोपेली देशहरुको आन्तरिक र राष्ट्रिय सुरक्षालार्य पनि खतरा बढेको छ । किनभने आतंकबादी संगठनहरु आप्रबासीहरुको माध्यमले आफ्नो हित साधन गर्ने गरेको औंल्याइदैछ ।
जस्तो कि तीब्ररुमाप बढ्दै गएको जनसंखया राम्रो मानिदैन त्यसैगरी तीब्र गतिमा घट्दो जनसंख्यमा पनि राम्रो मानिदैन । किनभने यी दुबै प्रबृत्तिले अनेक र धेरै किसिमका चूनौतिहरु लिएर आउँदछन् । त्यस्ता समस्याहरुमा कार्यरत क्रियाशील हुनसक्ने जनसंख्यामा कमी, उत्पादकतामा कमी, श्रम लागतमा बृद्धि, अर्थब्यबस्थामा प्रतिस्पद्र्धामा कमी र सैन्य शक्तिमा पनि कमी औल्याउन सकिन्छ । आजको यूरोपले कतै न कतै यी माथि औंल्याइएका समस्याहरु खेप्दैछ र अझ बढी भबिष्यमा यूरोपले यस्ता समस्याहरु झेल्नु पर्ने देखिदैछ । यस सन्दर्भमा खुल्ला सीमाना भएको र अनेक समस्या झेलिरहेको कमजोर अर्थतन्त्र भएको हाम्रो नेपाल जस्तो देशले पनि धेरै कुरा सिक्नु पर्ने प्रष्ट देखिन्छ । अहिले नै पनि हामीले जल, स्थल, नभ सबैतिरबाट अतिक्रमण बेहोरिरहनुपरेको स्थितिमा जनसंख्यालाई सन्तुलित राख्न र यसमा उतार चढाव आउँदा संगसँगै खडा हुन जाने समस्या र चूनौतिहरुको सामना के कसरी गर्ने भन्ने कुरा धेरै ठूलो महत्वको छ । यसमा चुक्यो त्यसबाट प्रत्युत्पन्न थप के के चुनौति र समस्यहरुको सकी नसकी सामना गर्नु पर्ने हुन्छ भन्ने गम्भीर कुरा बझ्न र समय छँदै सतर्क रहेर अत्याबश्यक सबै उपायहरु अबलम्बन गर्न अत्यन्त जरुरी छ ।