शुक्रबार, कार्तिक ७ गते २०८३

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला, इच्छुक नागरिकले आवेदन दिन सक्ने

मंसिर १२, २०७९ सोमबार
कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला, इच्छुक नागरिकले आवेदन दिन सक्ने

कोरियन भाषा परीक्षा  (ई. पी .एस )का लागि आवेदन फारम खुलेको छ। श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि आवेदन  खुलेको  हो ।

इपिएस कोरिया शाखा ग्वार्कोलेसूचना निकाल्दै  इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने  जनाएको छ।  भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म रदोस्रो चरणका लागि   फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुने सुचनामा उलेख्य छ। सीप परीक्षण भने फागुन ३ देखि ५ गतेसम्म र चैत १ देखि ३ गतेसम्म हुने जनाईएको छ। 

koeria.jpg