शनिबार, आश्विन १७ गते २०८३

सिटिजन्स बैंककाे जुम्ला शाखा स्थानान्तरित

मंसिर ११, २०७९ आइतबार
सिटिजन्स बैंककाे जुम्ला शाखा स्थानान्तरित

सिटिजन्स बैंकले जुम्लामा कार्यालय स्थानान्तिरत गरेको छ । जुम्लामा सञ्चालनमा रहेको बैंकको शाखा कार्यालय एक सय मिटर दुरीमा रहेको सोही वडामा अवस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा सिटिजन्स बैंकले ९ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ । शाखा मार्फत सम्पूर्ण बैकिंङ सेवाका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याँउने लक्ष्य बैंकले राखेको छ ।