बुधबार, भाद्र ३ गते २०८३

नेपाल लाइफको १५ प्रतिशत नगद लाभांश पारित

मंसिर ८, २०७९ बिहीबार
नेपाल लाइफको १५ प्रतिशत नगद लाभांश पारित

 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५.७८९५ प्रतिशत नगद लाभांश दिने पारित भएको छ । बिहीबार सम्पन्न कम्पनीको २२औं वार्षिक साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तुत प्रस्ताव पारित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कार्त्तिक १८ गते बुक क्लोज गरेको थियो । यससँगै कार्त्तिक १७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सो मात्राको नगद लाभांश पाउने छन् ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै, आव २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।