गरिमा विकास बैंक १६औं वर्षमा प्रवेश गरेको छ । बैंकले स्थापना दिवसको अवसरमा केन्द्रिय कार्यालय र विभिन्न शाखामा रक्तदान कार्यक्रम आयोजना गरी ६३१ युनिट रगत संकलन गरेको हो । त्यसैगरी बैंकले वार्षिकोत्सवकै अवसर पारेर क्रेडिट कार्ड सेवा समेत शुरु गरेको छ ।
‘एक्सेस टु अल’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बैंकले १२१ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
बैंकले हालसम्म ७२ अर्ब निक्षेप संकलन गरेको छ भने रु. ६३ अर्ब कर्जा लगानीमा रहेको छ । बैंकले करिब ७ लाख ग्राहकहरुलाई सेवा पुर्यारहेको छ ।