काठमाडौं । अन्ततः चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विशाल मतको अन्तरले विजयी भएका छन् । लामिछाने ३४ हजार १६२ काे मतान्तरले विजयी भएका हुन् ।
अन्तिम गणना हुँदा उनले ४९ हजार २६१ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाए भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका थिए ।
काठमाण्डाैमा ४ र ललितपुरमा १ गरी ५ सीट सहीत रबिकाे चित्ताैन बिजयले उनकाे पार्टीले संघीय संसदमा ६ पुगेकाे छ भने अझै ४ सिटमा अग्रता रहेकाे छ । समानुपातिक समेत गरेर याे सीट अभफ बढ्ने निश्चित छ ।