शनिबार, आश्विन १७ गते २०८३

७ स्थानकाे परिणामः काँग्रेस ४ एमाले २ र नागरिक उन्मुक्ति १ स्थानमा विजयी

मंसिर ६, २०७९ मंगलबार
७ स्थानकाे परिणामः काँग्रेस ४ एमाले २ र नागरिक उन्मुक्ति १ स्थानमा विजयी

 

सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको अहिलेसम्मको मतगणनामा नेपाली काँग्रेसले ४ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । काठमाण्डौ निर्वाचन क्षेत्र नं. १ बाट प्रकाशमान सिंह र ४ बाट गगनकुमार थापा विजयी भएका छन् । त्यसैगरी मुस्ताङबाट योगेश गौचन थकाली र मनाङबाट टेक बहादुर गुरुङले विजय हासिल गरेका हुन् । उसले अन्य ४६ क्षेत्रमा अग्रता लिइरहेको छ । 

नेपाल कम्युनिष्ट पार्टी एमालेले हालसम्म २ स्थानमा जित हासिल गरेको छ भने ३७ स्थानमा अग्रता लिइरहेको छ । एमालेका प्रेमलाल महर्जनले ललितपुर २ र काठमाण्डौ ९ बाट कृष्णगोपाल श्रेष्ठले जित हासिल गरेका हुन्  । 

कैलालीको निर्वाचन क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीका उमेदवार गंगाराम चौधरी  विजयी भएका छन् भने अन्य ३ स्थानमा अग्रता हासिल गरिरहेको छ ।

नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रले १६ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले १० स्थानमा अग्रता लिएको छ ।  

प्रदेश सभा तर्फ नेपाली काँग्रेसले ४ स्थानमा विजय हासिल गरेको छ भने ६० स्थानमा अगाडि रहेको छ । जनमत पार्टीले २ स्थान जितेको छ भने २ स्थानमा अग्रता लिएको छ । स्वतन्त्रले १ स्थान जितेका छन् भने ११ स्थानमा अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा जितेको र १० स्थानमा अग्रता लिएको छ ।