मिश्रको शर्म अल सेखमा सम्पन्न भएको जलवायु परिबर्तन सम्वन्धि बिश्व सम्मेलन एक दिन समय बिस्तार गरेर भए पनि बिकासशील र बिपन्न देशहरुका लागि जुन निर्णय लिएको छ त्यसलाई निकै महत्वपूर्ण मानिदैछ । त्यसैका कारणले यो बिश्व सम्मेलनलाई सार्थक र सफल पनि भनिदैछ । त्यो निर्णय बिकासशील र बिपन्न देशहरु जलवायु परिबर्तनबाट भएको क्षतिलाई पूर्ति गर्ने जुन प्रावधान यो सम्मेलनले तय गरेको त्यसलो आशा जगाएको हो । यद्यपि जलवायु परिर्बतनलाई असर पार्ने र आधार प्रदान गर्ने कार्बन उत्सर्जनको मोर्चाका सन्दर्भमा भने बिश्वका धेरै देशहरुलाई भने यो सम्मेलनले निराशा नै प्रदान गरेको छ ।
यो सम्मेलनले ‘लस एण्ड ड्यामेज’ सम्बन्धमा सम्पन्न देशहरुले सहमति जनाएका छन् त्यसलाई नै सफल र न्यायपूर्ण निर्णय मानिएको हो । सम्पन्न देशहरुले कार्बन उत्सर्जन गरेर बिगारेको र बिथोलेको जलवायु परिबर्तनको कारणबाट बिकासशील र बिपन्न देशहरुलाई जुन नोक्सान पुर्याउँदै आएका थिए त्यसको क्षतिपूर्ति गर्न सकिने बिश्व कोष खडा गर्ने निर्णयलाई सकारात्मक रहेको बताइदैछ । अब सम्पन्न देशहरुले यो कोषबाट बिकासशील र बिपन्न देशहरुलाई मद्दत उपलब्ध गराउनु पर्ने छ ।
हुन त बिश्वमा सबैभन्दा बढी कार्बन उत्सर्जन गरेर जलवायु परिबर्तन बिथोल्ने सम्पन्न देशहरु २००९ मा नै सहमत भइसकेका हुन् तर त्यो समहतिको मसि सुक्दा नसक्दै उनीहरुले त्यसबाट मुण्टो फर्काएका थिए । त्यही बेलादेखि नै यो बिषयमा यति धेरै मतभेदहरु सिर्जना गरिएको थियो त्यसलाई सहमतिमा टुंग्याउनका लागि नै अहिलेको २७औ बिश्व सम्मेलनका लागि निर्धारित समयभन्दा एक दिन थप गर्नु परेको थियो । यसरी निकै कठिनाईकासाथ नै अन्तत: ‘लस एण्ड ड्यामेज फण्ड’ खडा गर्न सम्मेलन सफल भएको थियो ।

पृथ्वीको तापमानमा हुने गरेको बृद्धिलाई डेढ डिग्री सेल्सियसको सीमाभित्र राख्ने आशालाई जीवित राखिएको छ । तर कार्बन उत्सर्जनमा कटौति ल्याइएन कुनै लक्ष यो सम्मेलनले तय गरेन भने जीवाष्म इन्धनहरु नियन्त्रित गर्ने कुनै नयाँ प्राबधानमा सम्झौता पनि गरिएको छैन । यसरी भन्न सकिन्छ कि यो बिश्व जलवायु सम्मेलनले जुन निष्कर्श निकालेको छ एकातिर त्यसले अलिकति आशाको सञ्चार पनि गरेको छ भने निराशा र हतासाको स्थिति पनि कायमै छ ।
निश्चय नै दशकौं पुरानो संघर्षमा एउटा पहिलो सकारात्मक निर्णय गरेको कुरालाई बिश्लेषकहरुले ‘मिलको पत्थर’ भनेर पनि संज्ञा दिइसकेका छन् । यस सम्वन्धमा जलवायु परिबर्तनको खतरा झेलिरहेका ५५ देशहरुको तर्फबाट प्रस्तुत गरिएको एउटा प्रतिबेदनमा भनिएको पनि छ कि बितेको दुइ दशकमा तापमान परिबर्तनका कारणबाट उनीहरुलाई झण्डै झण्डै ५२५ अर्ब डलरको नोक्सानी भइसकेको छ ।
कतिपय अनुसन्धानकर्ताहरुको के अनुमान पनि आइसकेको छ भने आगामी २०३० सम्ममा यो नोक्सानी अझ बढेर ५८० अर्ब डलर प्रतिबर्ष हुनसक्नेछ । अमेरिका र यूरोपेली संघले ‘लस एण्ड ड्यामेज’को बिषयमा आपत्ति जनाउदै आएका थिए । उनीहरुलाई के सन्देह रहेको बताइदै आएको थियो भने यसले दिइनु पर्ने सहयोग राशी बढ्दै जान्छ । हुन त शर्म अल सेशको यो जलवायु सम्मेलनमा सम्पन्न देशहरुले आफ्नो पुरानो हठी दृष्टिकोण बदल्न सहमत भए । तर उनीहरु सम्पन्न देश चीनलाई पनि कार्बन उत्सर्जनका लागि जिम्मेवार देशको सूचिमा राख्न चाहन्थे । तर चीन ती शक्तिशाली र सम्पन्न देशहरुको चालबाजीमा फँस्नबाट जोगियो । जलवायु परिर्बन सम्वन्धि यो सम्मेलनबाट न्याय पाउनका लागि चीन, ब्राजील र भारतको भूमिकालाई निकै महत्वकोरुपमा हेरिएको छ ।