शनिबार, आश्विन १७ गते २०८३

मतगणना शुरु, सुरुवाती गणनाले देखायो मतदाताको फरक रुझान

मंसिर ५, २०७९ सोमबार
मतगणना शुरु, सुरुवाती गणनाले देखायो मतदाताको फरक रुझान

 

हिजो सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनको मतगणना शुरु भएको छ । मतगणनाको शुरुवाती रुझानले मतदाताहरुमा फरक रुझान देखिएको छ । गणना शुरुवात भएका अधिकांश स्थानमा स्थापित दलका परिचित अनुहारभन्दा अघिअघि नवस्थापित दल र स्वतन्त्र उमेदवार हावी देखिएका छन् ।

यो चुनावबाट रवि लामिछानेद्वारा स्थापित नेपाल स्वतन्त्र पार्टी र सीके राउतको दल जनमत पार्टी को उदय हुने देखिएको छ । मतदाताको परम्परागत मत अधिकांश स्थानमा फेरिएको हुनसक्ने आँकलन गरिएको छ । राजधानी काठमाण्डौ र मुलुकका विभिन्न शहरी क्षेत्रमा आएको प्रारम्भिक मतले  यस्तो अनुमानलाई नै सघाउ पुग्ने देखिन्छ । यसपटकको मतदानको रुझान हेर्दा दलहरुले प्राप्त गर्ने समानुपातिक मतमा समेत ठूलो अन्तर आउने देखिन्छ । 

घण्टी चुनाव चिन्ह रहेको राष् स्वतन्त्रपार्टीले विभिन्न चुनाव क्षेत्रमा अग्रता लिएको छ । चितवन २, कास्की २ मा नेस्वापाले अग्रता लिएको छ भने काठमाण्डौका विभिन्न क्षेत्र र ललितपुर ३ मा प्रतिस्पर्धामा रहेको छ । सप्तरीको २ नम्बर निर्वाचन क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई अहिलेसम्म तेश्रो स्थानमा सीमित गरिदिएका छन् । 

भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसका दुर्लभ थापाले नेकपा एमालेका महेश बस्नेतमाथि अग्रता लिएका छन् । काठमाण्डौको निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रबीच प्रतिस्पर्धा देखिएको छ ।