निर्वाचन आयोगले दिउँसो १ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको गरेको जानकारी दिएका हुन् ।
अघिल्ला निर्वाचनमा बिहानै उल्लेख्य मत खस्ने रुझान रहने गरेपनि आजको निर्वाचनमा मत कम खसेको छ निर्वाचन आयोगका प्रवक्ता पौडेलले बताए । ‘चिसोका कारणले पनि होला बिहान कम मत खसेको छ, काठमाडौंमा विहानको समयमा लाइन देखिएको छैन, १० बजेपछि मात्र भिड बढेको छ ।’