यो धरातलले १५ नोभेम्बर २०२२ बाट आफ्ना आठ अर्बभन्दा बढी निवासीहरुको स्वागत गरेको छ । अबको १५ बर्षमा अर्थात सन् २०३७ मा यसले नौ अर्ब जनसंख्यालाई स्वागत गर्ने निश्चित छ । एउटा अहम् बिसौनीकोरुपमा यो धरतीले बितेको १२ बर्षमा आठ अर्ब मानिसको जनसंख्या नाघ्यो ।
यस क्रममा अब यो बढ्दो जनसंख्याका बीच चीनलाई पनि पछि छोडेर भारत बिश्वमा सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने कुरा पनि निश्चित छ । जनसंख्याको घडीले १५ नोभेम्बरका दिन ८,००,००,००,००० को अंक देखायो । यसमा बिशेष कुरा यही रहेको छ कि बितेको १२ बर्षमै बिश्वमा एक अर्ब जनसंख्या बढ्यो ।संयुक्त राष्ट्र जनसंख्या कोष(यूएनएफपीए)ले ट्वीट गर्यो ‘आठ अर्ब अपेक्षा’ आठ अर्ब सपना, आठ अर्ब सम्भावनाहरु । यो हाम्रो धरती अब आठ अर्ब मानिसको घर हो’ । संयुक्त राष्ट्र संघले यो जनसंख्या आठ अर्ब पुुग्नुलाई ‘मिलको एक उल्लेखनीय पत्थर’को संज्ञा दिएको छ । यो मानब आवादी सन् १८०० को सेरोफेरोमा एक अर्बभन्दा कम थियो ।
अनि एकदेखि दुइ अर्बसम्म बढ्नका लागि एक सय बर्षभन्दा बढीको समय लागेको थियो । यूएनएफपीआरले भनेको छ : ‘हाम्रो जनसंख्याको बृद्धि मानबताको उपलब्धीको एउटा प्रमाण हो । जसमा गरीबी तथा लैंगिक असमानतामा कमी, स्वास्थ्यको देखरेखमा प्रगति र शिक्षासम्म बिस्तारमा पहुँच जस्ता महत्वपूर्ण कुरा सामेल छन्’ । तुलनात्मक रुपले बितेको शताब्दीमा बिश्वको जनसंख्या बृद्धि निकै तीब्र गतिमा भएको हो र बृद्धिको क्रमिक रुपमा मन्द गति हुँदाहुँदै पनि संयुक्त राष्ट्र संघको अनुमान अनुसार बिश्वब्यापी जनसंख्या २०३७ को सेरोफेरोमा ९ अर्ब पुग्ने र २०५८ को छेउछाउ पुग्दा यो जनसंख्या १० अर्ब हुने अनुमान छ ।
यस बर्षको गएको जुलाई महिनामा जनसंख्या बिभागका अर्थिक तथा सामाजिक मामिलाका संयुक्त राष्ट्र बिभागद्वारा जारी बिश्व जनसंख्याको सम्भावना २०२२ भनिएको थियो कि यो बिश्व जनसंख्या २०८० को कालखण्डमा झण्डै १०.४ अर्बसम्म बढेर शीखरमा पुग्ने छ र यो सन् २१०० सम्ममा त्यसै स्तरमा रहने अनुमान गरिएको छ । अनि बिश्वमा आगामी बर्ष २०२३ जनसंख्या बृद्धिमा एक ऐतिहासिक बर्ष बन्ने र चीनलाई भारतले उछिन्ने बर्ष हुने पनि अनुमान रहेको छ ।
संयुक्त राष्ट्र संघको अनुमान अनुसार भारतमा अहिले २७ प्रतिशतभन्दा बढी जनसंख्या १५–२९ उमेर समूहको बीचमा रहेको छ । २५.३ करोड संख्याकासाथ भारतमा सबैभन्दा बढी किशोर जनसंख्या १०–१९ उमेर समूहको पनि निवास रहेको छ । यो प्रबृत्तिलाई हेर्दा २०३० सम्म भारत बिश्वमा सबैभन्दा बढी यूवा जनसंख्या भएको देश बनिरहने स्थिति छ । कुनै पनि देशमा अधिक यूवा जनसंख्या हुनु देशको तौतर्फी बिकासका लागि ठूलो ऊर्जा मानिन्छ र त्यसले सही दिशा र गति पायो भने सम्बन्धित देश बिकासको चरणमा उच्च फड्को मार्न सक्छ भन्ने मान्यता छ र त्यस्तो देखिएको पनि छ ।
तथसर्थ जनसंख्या बढ्दा त्यतिबेला काम गर्ने क्षमता, सीप, दक्षता र कुशलताले सुसज्जित भएको यूवा शक्ति अधिकसंख्यामा हुुनुलाई सम्बन्धित देशका उज्जवल भबिष्य निर्माणको मानब शक्तिकोरुपमा लिइन्छ त्यो यथार्थरुपमा अर्थ–सामाजिक रुपान्तरणमा परिणत भएर उन्नतिको शीखरमा पुगेको इतिहास पनि छ । तर हाम्रो देशमा करीब यस्तै स्थिति भएर पनि त्यसले सही दिशा र गति नपाउँदा आज देश अत्यन्तै नाजुक स्थितिबाट गुज्रिरहेको कटु यथार्थ छ । यो माल पाएर पनि चाल नपाएको जस्तो दु:खद स्थिति हो । तसर्थ जन संख्या बृद्धि र त्यसमा यूवा शक्तिको आधिक्यता भएर मात्र हुँदैन, त्यसले सही दिशा र गतिको नीति निर्देशन पाउने स्थिति खडा हुुनु पर्दछ र त्यसो नभए यूवा शक्ति त्यसैका निम्ति संघर्षशील हुनु पनि उत्तिकै आवश्यकछ भन्ने कुरा पनि छर्लंग हुन्छ । त्यसैले जनसंख्या बृद्धि हुँदा कुन उमेर समूहको जनसंख्या कति छ भनेर पनि हेर्ने र त्यसै अनुरुप मानब शक्ति परिचालको नीति र योजना बनाउने बिश्वब्यापी चलन छ ।