मंसीर महिनामा बैंकको ब्याजदर नबढाउन बैंकर्सहरू सहमत भएका छन् । नेपाल बैंकर्स संघमा भएको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।
अहिले बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दती खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याज तोकिएको छ ।
निक्षेपको ब्याजदर उच्च रहेकाले कर्जाको लागत पनि बढेको छ । हाल बैंकहरुले कर्जामा १८ प्रतिशतभन्दा बढी ब्याजदर लिँदै आएका छन् ।
यसअघि ब्याजदर धेरै बढाएको भन्दै व्यवसायिक क्षेत्रले विरोध जनाउँदै घटाउन माग गरिरहेकाे छ ।