काठमाडौ । इण्डाेनेशियाकाे बालीमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी चिनफिङले एक अर्कासँग हात मिलाए र कुराकानी गरेका छन् । उनीहरू दुवैले मतभेदलाई व्यवस्थापन गर्न युद्धलाई पन्छाउनु पर्ने आवश्यकतामा जोड दिएकाे खबर छ । दुइ नेताका बीच तीन घण्टा जति परस्पर बार्ता चलेकाे थियाे ।
त्यस अवसरमा चिनीयाँ राष्ट्रपति शीले भने “ विश्व एक चौबाटोम आइ पुगेको छ । विश्वको अगुवाइ गर्ने विश्वका दुई ठूला शक्तिहरूबीचको सम्बन्धलाई परिचालित गर्ने विषयहरूमा खरो बहस गर्नुपर्ने छ ।चीन र अमेरिकाले सम्बन्धलाई ठिक ढङ्गले अँगाल्ने र व्यवहार गर्ने विश्वको अपेक्षा छ ।”
त्यहाँ बाइडेनले शीको स्वागत मुस्कानका साथ गरेकाे बताइएकाे छ। बाइडेनले अमेरिका र चीनले आफ्ना मतभेदहरूको व्यवस्थापन गर्नुपर्ने र युद्ध भइहाल्ने प्रतिस्पर्धालाई रोक्नुपर्ने आफ्नो चाहना रहेको पनि बताएकाे समाचार छ ।