काठमाण्डाै । भोलिदेखि इन्डोनेसियाकाे बालीमा हुने जी–२० शिखर सम्मेलनका क्रममा दुई शक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबीच पहिलो पटक प्रत्यक्ष भेट हुने कुरा तय भएकाे छ।
चीनका राष्ट्रपति शी बिशेष बिमाद्वारा बेइजिङ्गबाट सम्मेलनमा भाग लिन बाली पुगिसक्कनु भएकाे छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेले चिनियाँ समकक्षी जिनपिङसँगको उच्चस्तरीय वार्तामा दुई देशबीच बढिरहेको विवादको बिन्दु पत्ता लगाउने बताएका छन् ।
भर्खरै अमेरिकामा सम्पन्न मध्यावधि चुनावमा बाइडेनको पार्टी डेमोक्र्याटले अनपेक्षित सफलता हासिल गरेको छ भने चीनकाे कम्युनिष्ट पार्टीकाे बीसाै. महाधिवेशनबाट तेस्रो कार्यकालका लागि नेतृत्व सम्हाल्नु भएका चीनको राष्ट्रपति शी पनि चीनमाअझ शक्तिसम्पन्न बनेका छन् ।
यतिबेला शक्तिशाली देशहरु अमेरिका र चीनबीच अन्तर्राष्ट्रिय व्यवस्थाप्रति फरक मत रहँदै आएको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका देशबीच व्यापार, मानव अधिकार तथा ताइवान रुस–युक्रेन मामिलामा विवाद प्रमुख हेको छन् ।
भाेलिदेखि हुने जी–२० सम्मेलनमा जानुअघि एसियाली नेताहरूसँग भेट गरेका अमेरिकी राष्ट्रपति बाइडेनले पत्रकारहरुसँग कुरा गर्दै आफूहरुबीच निकै थोरै मात्र मतभिन्नता रहेको भन्दै विवादका बिन्दु पत्ता लगाउने बताएका छन् ।
उता उत्तर कोरियाले छिट्टै सातौँ पटक आणविक परीक्षण गर्ने अनुमानबीच बाइडेनले चीनलाई उत्तर कोरियामाथि नियन्त्रणका लागि पनि आग्रह गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।