शनिबार, आश्विन १७ गते २०८३

 यातायात प्राधिकरणको स्थापना पछि काठमाडौंमा सवारी दूर्घटना न्यूनिकरण हुन्छः मेयर बालेन

कार्तिक २७, २०७९ आइतबार
 यातायात प्राधिकरणको स्थापना पछि काठमाडौंमा सवारी दूर्घटना न्यूनिकरण हुन्छः मेयर बालेन


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दूर्घटना न्यूनिकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन् । संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक दूर्घटना न्यूनिकरणका लागि सोसम्बन्धि विधेयक पारित भएको उल्लेख गर्दै उनले त्यसबाट सो क्षेत्रको सडक दूर्घटना न्यूनिकरण हुँदै जाने बताएका हुन् ।

सेयर सबै सार्वजनिक सवारी साधनहरुको बराबर हुने गरी सो विधेयक पास भएकाले सवारी साधनहरुबीच अस्वस्थ प्रतिस्पर्धा भई दूर्घटना हुने काममा कमी आउने उनको भनाई थियो । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर बालेनले भने ‘सार्वजनिक यातायातहरुले ठाउँमा समयमै नपु(याएका कारण पनि मोटरसाईकलहरुको संख्या काठमाडौंमा बढ्न गएको हो । रिङ रोडमा मात्रै हिसाव गर्दाखेरी अहिलेको जस्तो बसको साईज २ सय जति भए पुग्नेमा २ हजार भन्दा पनि बसहरु गुडेका हुन्छन् । हामीले एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि होइन कि जाममा बस्नका लागि पैसा तिरिरहेका हुन्छौं । हालै हाम्रो संसदबाट काठमाडौं उपत्यका लागि एउटा यातायात प्राधिकरणको बिल पास भएको छ । जस अन्तर्गत चाँही सबैखाले भेहिकल्सहरु एउटै छातामा आएर काम गर्ने जसले गर्दाखेरी कम्पिटीशन रहँदैन ।

सबैले बराबर सेयर पाउने भएपछि कम्पिटीशन हटछ । रिङ रोडमा २ सय वटा गाडी भए पुग्ने रहेछ । तर हामीले रुट परमिट जतिलाई पनि दिईरहेका छौं । अल बिल पास भएको छ । हामी ट्राफिकसँग पनि सहकार्य गरिरहेका छौं । एक्सिडेन्ट हुने वित्तिकै उपचारका लागि पनि आवश्यक व्यवस्था भईरहेको छ ।