बुधबार, भाद्र ३ गते २०८३

बिश्वमा आर्थिक मन्दी र कर्मचारी छट्नीमा भारी बृध्दि

कार्तिक २६, २०७९ शनिबार
बिश्वमा आर्थिक मन्दी र कर्मचारी छट्नीमा भारी बृध्दि

हालै ट्वीटरले ठूलो स्तरमा आफ्ना कर्मचारहरुको छट्नी गरेर सेवाबाट निष्कासनको बाटो देखाइदिएको छ । त्यसले गर्दा फेसबुक, ह्वाटसप, इन्स्ट्रागाम लगायतका यससँग सम्बन्धित कम्पनीहरुबाट हजारौ हजार कर्मचारी रोजगारबिहीन बन्न पुगेका छन् । मोटामोटीरुपमा यस छटनीको कारण बढ्दो बिश्व आर्थिक मन्दी रहेको बताइदैछ । हुन पनि उल्लेखनीय के छ भने यतिबेला बिश्व स्तरमा मन्दीको ठूलो खतरा मडारिदै रहेको देखिन्छ । बिशेषज्ञहरुका अनुसार यस आर्थिक मन्दीको सबैभन्दा बढी असर अमेरिकामा हुनेछ । त्यसपछि बृटेन र यूरोपमाथि यो आर्थिक मन्दीको ज्यादा मार पर्नेछ ।चीन र भारतमा पनि यो मन्दीको असर पर्ने बताइएको छ । तर हालैको अन्तर्राष्ट्रिय मुद्राकोषको एक प्रतिबेदन अनुसार चीन र भारतमा यसको त्यति ठूलो असर नपर्ने जनाइएको छ ।
    यतिबेला बिश्व स्तरमा आर्थिक मन्दी आउनुका अनेक कारणहरुको उल्लेख गरिदैछ । पश्चिमा तथा भारतीय बिशेषज्ञहरुका अनुसार  चीनको ‘शून्य कोभिड’  नीतिका कारण आर्थिकरुपले चीनमा ठूलो नोक्सानी उठाइरहनु परेकाले यो मन्दी आएको औंल्याइदैछ । यसले गर्दा चीनको अर्थब्यवस्थामा परेको असरले पूरा बिश्वको अर्थब्यवस्थामाथि नै प्रभाव परेको पनि उल्लेख गरिदैछ । अर्को कारण हो रुस–यूक्रेन युद्ध, जसले गर्दा पनि पूरै बिश्वमा मन्दीको फैलदो गति बढेको छ ।बितेका केही महिनादेखि निरन्तर कच्चा तेलको मूल्यमा भारी उछाल आएको कारण यसै युद्धलाई मानिएको छ । यस युद्धले गर्दा बिश्वभरी नै कतिपय अत्यावश्यक बस्तुहरुको कमीको संकट उत्पन्न भएको छ । बिश्व मन्दीको यस स्थितिलाई लिएर नै बितेको केही समयदेखि यता कर्मचारी छट्नीका गतिबिधिहरु पनि बढ्दै गएका समाचारह प्रकाशमा आइरहेका हुन् । यस सन्दर्भमा चीनको अलिबाबा कम्पनीले समेत १०,००० कर्मचारीहरुलाई नोकरीबाट छुट्टी गरिदिएको उल्लेख छ । त्यसैगरी यस बहानामा अन्य धेरै कम्पनीहरुले पनि खर्च कटौति गर्नका लागि समेत कमचारीलाई रोजगारीबाट हटाएका देखिदैछ ।
 त्यसैले यतिबेला कम्पनीहरुले आर्थिक मन्दीको बहाना बनाएर कर्मचारी छट्नीबाटो बाटो लिएका छन् । तर निष्काशित कर्मचारीहरुको चिन्ता कसरी दूर गर्ने त्यसको कसैलाई वास्ता भएको देखिदैन । जुन कर्मचारीहरु ती कम्पनीलाई आफ्नो श्रमबाबट अर्बौंं अर्ब रुपैया मुनाफा तिनलाई ठूलो कम्पनी बनाउन दिनरात मेहनत गर्ने गर्दछन् तिनकाक बारेमा न त सम्वन्धित कम्पनीले कुनै चिन्ता लिने गर्दछन् त सम्वन्धित सरकारहरुले नै । यो कम गम्भीर बिषय होइन ।

Jobless.jpg
बस्तवमा यस बढ्दो मन्दी र त्यसको असरप्रति चिन्ता लिदै कतिपय बिषय बिशेषज्ञहरुले बिभिन्न सुझावहरु अबश्य दिएका छन् । तर छट्नीमा परेका कर्मचारीहरुको जीवन यापनको समस्यालाई के कसरी हल गर्ने यस बारेमा भने ती अर्थिक बिशेषज्ञहरुको पनि कुनै सुझाव देखा पर्दैन । न त सरकारले नै ती निष्काशित मजदुरहरुको हक हितको चिन्ता लिएको देखिन्छ । कर्मचारीको टाउकोमाथि छट्नीको तरबार झुण्ड्याएर राखिराख्ने त नाफा कमाउने कम्पनीहरुले आफ्नो नबिर्सने कत्र्तब्य जस्तै मानेका छन् र तर ती बेरोजागर बनाइएका कर्मचारीहरुको जीवन गुजाराको समस्या कसरी टार्ने हो त्यस बारेमा कुनै चासोसम्म देखा पर्दैन । यसमा सरकारको हस्तक्षेपकारी कदमको आवश्यकता अपेक्षित छ । अन्यथा समस्याले अझ चर्को र बहुआयामिक रुप लिने निश्चित छ ।