शुक्रबार, कार्तिक ७ गते २०८३

अनिर्णायक यूक्रेन–रुस द्वन्द्वले बिश्वमा नकारात्मक असर

कार्तिक २५, २०७९ शुक्रबार
अनिर्णायक यूक्रेन–रुस द्वन्द्वले बिश्वमा नकारात्मक असर

lok narayan subedi sir.jpeg
लोकनारायण सुबेदी
बार्ताको कुरा बीच बीचमा आइरहे पनि अहिलेसम्म कुनै निकास ननिस्किकन यूक्रेन युद्ध गतिरोधमै चलिरहेको छ । यो युद्ध मोर्चाको गतिरोधको स्थिति हो । तर यो युद्ध र यसको गतिरोधको सैनिक र आर्थिक प्रभाव भने बिश्व भरका देशहरुले महसुश गरिरहेका छन् । यतिबेला बिश्वमा सबैभन्दा ठूलो संकट ऊर्जा संकट र खाद्य सुरक्षाको कुरा बनेको छ । त्यसमा पनि यो ऊर्जा संकटको सन्त्रास सबैभन्दा बढी यूरोप र खाशगरी जर्मनीमा परेको बताइन्छ । रुसको ग्यास आपूर्तिमा उत्पन्न भएको ब्यबधानका कारणले जर्मनीका नागरिकहरुलाई कुन चिन्ताले सताइरहेको छ भने आउदो जाडोको मौसमको सामना अब के कसरी गर्ने हो ? अर्कातिर यूक्रेनबाट खाद्य आपूर्ति रोकिदा अफ्रिका समेत बिश्वका बिभिन्न देशहरुमा ठूलो र भयावह खाद्य संकट उत्पन्न हुने चेतावनी पनि दिइदै गरेको स्थिति बिद्यमान छ ।
 यतिबेला कृष्ण सागर अर्थात् ब्ल्याक सीका बन्दरगाहरुमा जलयानहरुको आवावगमन एकदमै ठप्प छ । खाद्यान्न भरिएका यूक्रेनका जलयानहरु त्यो क्षेत्र भएर कतै जान पाउँदैनन् र जान सक्तैनन् । त्यस स्थितिका लागि युद्धरत रुस र यूक्रेनले एक अर्कालाई दोषारोपण पनि गरिरहेका छन् । रुसले के भनिरहेको छ भने खाद्यान्न बोकेका जलयानलाई उसले कतै रोकेको छैन, बरु स्वयं यूक्रेनले नै सामुद्रिक तटहरुमा बारुदी सुरुङ्ग बिछ्याएको र आवत जावतमा कठिनाई उत्पन्न गरिरहेकको छ छ । बास्तवमा त्यसैले गर्दा नै जलयानहरुको आवात जावत ठप्प भएको हो ।
 इण्डोनेशियाको राजधानी बालीमा हालै आयोजित ठूला अर्थब्यवस्था भएका देशहरुको संगठन जी–२० को बैठकमा पनि यो यूक्रेन युद्धसँग जोडिएको खाद्य संकटका बारेमा चिन्ताकासाथ चर्चा चलेको थियो । यो जी – २० शीखर बार्ताभन्दा केही महिना पूर्ब भएको बिदेशमन्त्री स्तरको यसै बैठकमा पनि बिभिन्न देशहरुका बिभिन्न गुटका बिदेशमन्त्रीहरुले भाग लिएका थिए । अमेरिकी बिदेश मन्त्री एन्थोनी ब्लिंकेन र रुसका बिदेशमन्त्री सर्गेई लाभारोभ एकै कक्षमा उपस्थित भएर पनि उनीहरुले एक अर्कालाई एकै कक्षमा रहेका भए पनि उनीहरुले एक अर्कालाई बेवास्ता गरे । यो बैठकमा पनि न त बिदेशमन्त्रीहरुको कुनै सामुहीक फोटो सेशन चल्यो न त कुनै संयुक्त बक्तब्यबाजी नै भयो । जुन कुरा पहिला पहिला एउटा सामान्य कुरा हुने गर्दथ्यो । 
 यस स्थितिबाट खुलस्त हुन्छ कि यूक्रेनलाई लिएर रुस र अमेरिकाको नेतृत्वमा रहेको पश्चिमा देशहरुका बीच टक्कर र तनाव चाडै समाप्त हुने संकेत छैन । यद्यपि यो बैठक आयोजना हुँदा रुसलाई के फाइदा भयो भने अमेरिकाले रुसलाई  अन्तर्राष्ट्रि राजनीतिबाट  एक्ल्याउन गरेको प्रयास असफल भयो । यस दृष्टिबाट रुसका लागि बैठकमा संलग्नता हुनु नै एउटा सन्तोषको बिषय बन्यो । 
 त्यो बैठकको अर्को महत्वपूर्ण घटना क्रममा चीन र अमेरिकाका बिदेश मन्त्रीहरुको भेट बार्ता रह्यो । अमेरिकी बिदेश मन्त्री एन्थोनी ब्लिंकेन र चीनका बिदेशमन्त्री वांग यीले त्यहाँ भेटघाट गरेका थिए । त्यो भेटघाट नाटो सैन्य संगठनको मेड्रिड(स्पेन) मा आयोजित बैठक पछि भएको हो । त्यो मेड्रिड बैठकमा नाटोले पहिलो पटक चीनलाई एउटा चूनौतिकोरुपमा स्वीकार गरेको थियो । तर यूक्रेन युद्धका कारण अमेरिका सहीत पश्चिमी देशहरु के द्विबिधामा परेको देखिएका छन् भने उनीहरुको प्राथमिकता यूरोप हो कि इण्डो–प्यासिफिक (हिन्द–प्रशान्त) क्षेत्र अल्मल जस्तै छ । वास्तवमा अहिले पश्चिमा देशहरुले सम्पूर्ण दाउ पेच यूक्रेनमा लगाइराखेको हुनाले हिन्द प्रशान्त रणनीतिको कुरा पछि परेको देखिएको बिश्लेषकहरु औंल्याइरहेका छन् ।वास्तबमा अमेरिकाका लागि आज चीन ठूलो चूनौतिकोरुपमा खडा भएको छ भने यूक्रेन पश्चिमी देशहरुका लागि सैनिक कारबाही पनि कम ठूलो चूनौति उनीहरुका लागि रहेको छैन । यूक्रेनमा रुसले आफ्नो सैनिक लक्ष पूरा गर्नसक्यो भने त्यो अमेरिकाका लागि भियतनाम र अफगानिस्तानको भन्दा ठूलो पराजयको कुरा हुने देखिन्छ । त्यसो भएमा यूरोप  र कथित लोकतान्त्रिक देशहरुमा अमेरिकाको साखमा ठूलो बट्टा लाग्ने छ । यसै कारणले अमेरिका रुस बिरुद्ध यूक्रेनले युद्ध जित्नु पर्दछ भन्ने कुरामा जोडबल लगाइरहेको देखिदै आएको छ । अझ अगाडि बढेर रुसलाई यति धेरै कमजोर पार्नु पर्ने र उसको सैनिक तथा आर्थिक स्थिति जर्जर बनोस भन्ने अमेरिकाको मूख्य लक्ष केन्द्रित । यो लक्ष प्राप्तिका लागि अमेरिकालाई भारत र चीनको पनि सक्रिय सहयोग चाहिने कुरा सबैले बुझेको  छ । त्यसैले के कुरा प्रकाशमा आएको थियो भने ब्लिंकेन र वाङ यी बीचको बार्तामा अमेरिकाले रुसलाई चीनले मद्दत नगरोस भन्ने कुरामा अमेरिकाले जोड दियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटीनले यूक्रेनमा बिशेष सैनिक अभियान चलाउन शुरु गर्नुभन्दा पहिला चीनसँगको आफ्नो देशको सम्वन्धलाई सुदृढ र परिपक्क बनाएको थियो । त्यसले गर्दा नै अहिले अमेरिका यो चीन–रुसको सम्वन्ध र साझेदारीलाई कमजोर तुल्याउन हर सम्भव कोशिशकासाथ उद्यत छ । यसरी रुसलाई सुदृढ घेराबन्दी गर्न हरतरहले लागेको छ । यसका लागि अमेरिकाले भारतलाई आफ्नो पक्षमा ल्याउन जोडबल लगाइरहेको छ र तर असफल हुने देखिन्छ ।
 किनभने भरतले पनि पछिल्लो समयमा अमेरिकाको यो कुरालाई नजर अन्दाज जस्तो गर्दै रुसबाट आफुलाई चाहिने कच्चा तेल खरिद गर्न जारी राखेको छ । यसका अतिरिक्त भारतले इरान–रुसको बहु आयामिक परिबहन कोरिडरको माध्यमबाट माल ढुवानीको काम पनि गरिरहेको छ । राष्ट्रपति पुटीनले त्यस कोरिडरलाई मध्य एशिया र यूरोमा आर्थिक गतिबिधि ब्यापक बनाउने माध्यम मानेका छन् । यस कुरामा उनलाई भारत र इरानको पनि सक्रिय सहयोग रहेको देखिन्छ । यसरी अहिले नाटोको बिस्तार र रुसको प्रतिरोधका कारण उत्पन्न यूक्रेन युद्धले कुनै निकास पाएको छैन ।