शनिबार, आश्विन १७ गते २०८३

यी परिचयपत्र देखाएर मतदान गर्न पाइने

कार्तिक २३, २०७९ बुधबार
यी परिचयपत्र देखाएर मतदान गर्न पाइने

 
निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएकाको हकमा विभिन्न परिचय खुल्ने प्रमाणका आधारमा मतदान गर्न सकिने जनाएको छ । त्यसका लागि मतदाता सूचीमा नाम समावेश भने अनिवार्य हुनुपर्ने व्यवस्था रहेकाे छ । 

मंसीर ४ गते हुने निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने जनाएको छ । त्यस प्रकारको व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिने निर्णय गरेको छ ।

निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको वा नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।