बैंक तथा वित्तीय संस्थाले ऋणको व्याजदर बढाएको,मनपरि प्रिमियम लिएको एवं उच्च सेवा शुल्क लिएको भन्दै उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् । काठमाडौं उद्योग वाणिज्य संघ तथा काठ क्षेत्रका उद्योग नगर संघको आयोजनामा माइतीघरमा आयोजित मौन प्रर्दशनमा उधोगी व्यवसायीहरुको सहभागिता रहेको छ ।
उनीहरुले बैंकको ब्याजदर प्रिमियम,चालु पूँजी निर्देशिका लगायतका नीतिको विरोध गरेका छन् । व्यवसायीले मुख्य ५ वटा माग अगाडि सार्दै माइतीघरमा मौन प्रद्धर्शन गरेका हुन् । निक्षेपमा ब्याजदर बढाउँदैमा निक्षेप नबढेको भन्दै उद्योगका लागि एक अंकमा बढी नहुने र व्यापारमा १/२ प्रतिशत मात्र थप गरी लिन पाइने गरी लगानी योग्य पूँजीको शीघ्र व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।
त्यस्तै बैंकहरुको खर्च न्यून गरी स्प्रेड दर ३ भित्र रही जोखिमका आधारमा आधार दरमा बढीमा २ प्रतिशत मात्रै थप प्रिमियम लिन पाइने व्यवस्था गर्नुपर्ने माग उद्योगी व्यवसाियीले राखेका छन् ।बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी–नेगोसिएसन शुल्कमा दोब्बर वृद्धिलाई अन्य गरी गत वर्षको भन्दा बढी लिन नपाइने व्यवस्था गर्नुपर्ने, हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पुनःतालिकीरण गरी, ब्याज बुझाउने म्याद ३५ दिनसम्म लाई नियमित मानेर लिलाम गर्ने प्रक्रिया लाई हाल स्थगित गर्नुपर्ने माग उनीहरुको रहेको छ । त्यस्तै हालको बाह्य र आन्तरीक कारणको असहज समय उपयुक्त नभएकोले चालु पूँजी कर्जा निर्देशिका स्थगित गर्नुपर्ने उनीहरुको माग छ ।