शनिबार, आश्विन १७ गते २०८३

बिश्वका कम्युनिष्ट र वर्कर्स पार्टीहरुको संयुक्त बैठक हवानामा सम्पन्न

कार्तिक १८, २०७९ शुक्रबार
बिश्वका कम्युनिष्ट र वर्कर्स पार्टीहरुको संयुक्त बैठक हवानामा सम्पन्न

अक्टोबर महिनाको अन्तिम साता अर्थात २७—२९ मा क्यूबाको राजधानी हवानामा बिश्वका कम्युनिष्ट तथा वर्कर्स पार्टीहरुको २२औं अन्तराष्ट्रिय संयुक्त बैठक सम्पन्न भएको छ । त्यो हवाना बैठकमा सबै महादेशका ६५ देशका पार्टीहरुका अध्यक्ष तथा महासचिवह प्रतिनिधिहरुको सभागीता रहेको ८२ राजनीतिक शक्mितहरुको सहभागीता  थियो । यो बैठकको बिषय थियो क्यूवा तथा बिश्वका संघर्षरत जनतासँगको ऐक्यबद्धता, साम्राज्यबाद बिरोधी संघर्ष सँगै पूँजीवादका सामु जनताका सामाजिक र जनप्रिय संघर्षमा फासीबादको दबार युद्धको बिरुद्ध शान्तिको रक्षा, बातावरणको रक्षा काम गर्ने अधिकार तथा समाजबादप्रतिको ऐक्यबद्धता एकताबद्ध हुँदा हामी अझ सबल हुन्छौं भन्ने रहेको थियो । 

samapan.jpg
यो बैठकले बिश्वमा साम्राज्यबादले बिश्वमा आफ्नो प्रभूम्व थोपर्ने बढदो चरित्र र चाहानाको सन्दर्भमा बिश्वका बामपन्थी शक्तिहरु अन्तर्राष्ट्रि, क्षेत्रीय र राष्ट्रिय स्तरमा बेहोर्नु परेका चूनौति र समस्या र अन्तर्राष्ट्रि परिस्थितिका बारेमा बिचार बिमर्शलाई अभिबृद्धि गरेको छ । यस आधारमा बाम शक्तिहरुले परस्परमा एकता, ऐक्यबद्धता र समन्वयलाई कसरी सुदृढ पार्न सकिन्छ भन्ने कुरा पनि प्रतिबिम्बित गरेको थियो । यसले बिचारको आदान–प्रदान गर्न ठूलो मद्दत पुगेको दर्शाइएको छ ।